Headlines News :
Home » » भखरै राजधानीको गौशालाबाट नेता महतो रामश्रेष्ठलाई पक्राउ पुरा पढ्नुहोस्

भखरै राजधानीको गौशालाबाट नेता महतो रामश्रेष्ठलाई पक्राउ पुरा पढ्नुहोस्

Written By kantipur on Tuesday, September 29, 2015 | 12:45 PM

महोत्तरी, १२ असोज । गाउँकै एक युवतीको हत्यामा संलग्न भएको आरोपमा नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं ६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
सुन्दरपुर–७ सिंहासनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त कार्यालय गौशाला, काठमाडौंले राजधानीको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो ।
गाउँकै रामजानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सबिताको लास फेला परेपछि मृतकका परिवारजनले सभापति महतोलगायत अन्य पाँचजनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा उजुरी दिएको प्रहरीस्रोतले जनाएको छ ।


घटनाका मुख्य योजनाकार सोही गाउँका रामजीवन राउतलाई प्रहरीले घटनापश्चात् तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो । महोत्तरीको सुन्दरपुर घर भएका महतो घटनापश्चात् पक्राउ पर्ने डरले फरार रहँदै आएका स्थानीय बासिन्दाले बताएका छन् ।
महतोलाई कर्तव्यज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ सिंह राणाले बताउनुभयो । उनलाई गएराति महोत्तरी ल्याएको र आज अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अभियुक्त महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका सञ्चालकसमेत रहेका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger