|
आश्विन १२, २०७२- विभागीय टिम आर्मीले राष्ट्रिय लिग फुटबलमा मंगलबार उपाधिको दाबेदार मनाङमस्र्याङदीमाथि १–० को जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको एकमात्र गोल नवयुग श्रेष्ठले गरे । टंक बस्नेतको पासमा कप्तान भरत खवासले प्रहार गरेको बल दिपेश यादवले फर्काएका थिए । त्यही बललाई नवयुगले १८ औं मिनेटमा पोष्टको दिशा दिए । त्यही गोल आर्मीलाई ३ अंक दिलाउन पर्याप्त रह्यो ।
दोस्रो हाफमा निरन्तर आक्रमण गरे पनि मनाङलाई आर्मीका गोलकिपर विकेश कुथुले निरन्तर राम्रा बचाउ गर्दै निरास पारेका थिए । मनाङले पाँच खेलयता पहिलो हार बेहोरेको हो । आर्मी र मनाङले पहिलो लेगमा १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।
अघिल्लो खेलमा झापासँग १–० ले हारेको आर्मी आज मनाङविरुद्ध हात पारेको जितसँगै उपाधि होडमा फर्किएको छ । उसले ११ खेलमा २० अंक बनायो । झापा (१३ खेल २४ अंक) र थ्रीस्टार (११ खेल २२ अंक) शीर्ष दुईमा छन् । आर्मीले विहीबार थ्रीस्टारसँग खेल्नेछ ।
चौथो स्थानमा रहेको मनाङको १९ अंक (११ खेल) छ । एक खेल कम खेलेको एपीएफ १७ अंकसहित पाँचौंमा छ । दिनको पहिलो खेलमा पुलिसविरुद्ध ४–१ को जित हात पार्दै सुदूरपश्चिमले पनि १७ अंक जोड्यो । उसले १४ खेल खेलेको छ । सातौं स्थानमा रहेको पुलिसको १२ खेलमा १२ अंक छ ।
सुदूरपश्चिमलाई चौथो जित दिलाउन अनन्त तामाङ, शिव सुवेदी, विमल घर्तीमगर र तेज तामाङले गोल गरे । पुलिसको लागि जुमनु राईलदे सान्त्वना गोल गरे ।

Post a Comment