Headlines News :
Home » » नेपालले पनि रोक्यो भारतका सामान/ पहिला पेट्रोलियम पठाउ, अनि अरु

नेपालले पनि रोक्यो भारतका सामान/ पहिला पेट्रोलियम पठाउ, अनि अरु

Written By kantipur on Wednesday, September 30, 2015 | 8:28 AM

पहिला पेट्रोलियम पठाउ, अनि अरु
नेपालगन्ज : पेट्रोलियम पदार्थ नपठाएको भन्दै नेपालगन्ज भन्सार कार्यालयले तरकारी र फलफुल जस्ता कुहिने बस्तुहरु भारतबाट नेपाल प्रवेश गर्न  रोकिदिएको छ ।

भारतीय ब्यापारीलाई फाइदा हुने गरी कुहिने र सड्ने बस्तुमात्र पठाउन थालेपछि नेपालगन्ज भन्सार कार्यालयले तरकारी र फलफूल बोकेका ट्रक रोकिदिएको हो ।

पेट्रोलियम पदार्थ आउन दिएमात्र तरकारी र फलफूल बोकेका ट्रक आउन दिने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले पहिला पेट्रोलियम अनि अन्य बस्तु भनेपछि आलु बोकेका ५ वटा ट्रक रुपेडियास्थित दशगजा नजिक रोकिएका छन् ।

आलु बोकेका ट्रक नेपाल भित्रिनासाथ पेट्रोलियम पदार्थ बोकेका गाडी छोड्ने भारतीय पक्षले प्रविद्धता जनाएपनि विश्वासिलो वातावरण बनिनसकेकाले आलु बोकेका ट्रक नेपाल प्रवेश गर्न नदिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र कुमार हमालले जानकारी दिए ।

‘हामीले तरकारी आयात हुन रोकेका होइनौँ । तरकारीसँगै पेट्रोलियम पदार्थ पनि पठाउ भनेका हौँ,’ भन्सार प्रमुख हमालले  भने ।

आलु बोेकेका गाडीले बाटो छेकेका कारण पेट्रोलियम पदार्थका गाडी छोड्न नमिलेको भारतीय पक्षले भनेको जमुनहा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले जानकारी  बताए ।

भारतीय कष्टमले मंगलबार राति हवाई इन्धन बोकेका दुईवटा ट्यांकर र दिउँसो  एलपी ग्यासको एउटा बुलेटमात्र छोडेको थियो ।

पेट्रोलियम पदार्थ बोकेका गाडी पठाउन भारतीय पक्षले आनाकानी गरेका कारण  तरकारी, फलफूलका गाडी समेत नेपाल प्रवेश गरेका छैनन । भन्सार प्रमुख हमालले पेट्रोलियम भित्रिन दिएमा अन्य सामान समेत भित्रन दिने बताए ।

बुधबार सिमेन्ट बोेकेका दुई र साइकलका पार्टपूर्जा बोकेको एउटा ट्रक नेपाल भित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज रुपेडिया नाकाबाट एक हप्तामा ६ वटा डिजेल, १ वटा ग्यास वुलेट र २ वटा हवाई इन्धन मात्रै भित्रिएको छ । जवकी एक दिनमा  ७० बढी पेट्रोलियम पदार्थ नेपालगन्ज रुपेडिया नाकाबाट भित्रिने गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले नेपाल नाका कुनै अवरोध नभएकोले पेट्रोलियम पदार्थ पठाउन भारत पक्षले आनकानी गरिहेको बताए ।

‘नेपालगन्ज नाकामा  न धर्ना छ , न कुनै अवरोध  नै’, लेखकले भने ‘भारतीयपक्षले बहनाबाजी मात्रै गरिहेको छ । अहिले एकदिन मात्रै नेपालगन्ज नाकामा मोर्चाका कार्यकर्ता धर्नामा बसेका छन ।’
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger