Headlines News :
Home » » यस्तो संवेदनशिल अवस्थामाआएर बाबुरामले पार्टी परित्याग गरे जुन बेला भारतले नेपाल विरुद्ध नाका बन्दि गरेको छ र उनी यस विरुद्ध एक शब्द पनि बोल्दैनन्

यस्तो संवेदनशिल अवस्थामाआएर बाबुरामले पार्टी परित्याग गरे जुन बेला भारतले नेपाल विरुद्ध नाका बन्दि गरेको छ र उनी यस विरुद्ध एक शब्द पनि बोल्दैनन्

Written By kantipur on Sunday, September 27, 2015 | 8:30 AM

रामकुमार डिसी/ समाचार टिप्पनी
काठमाडौं । लामो समय देखि नयाँ शक्तिको चर्चा गरिरहेका एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंमा शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्दै भट्टराईले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरे । उनले पार्टीसँग संविधानसभा सदस्यबाट पनि शनिबार नै राजीनामा दिएको बताए ।
‘केही समयदेखि मैले पार्टीहरु पनि रुपान्तरण हुँदै जानुपर्छ भन्दै आएको थिएँ,’ पार्टी परित्यागको घोषणा कार्यक्रममा भट्टराईले भने, ‘संविधानसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले के गर्न सक्छु भन्ने आशयले सबैसँग छलफल गर्ने गरि आजैका मितिदेखि लागू हुने गरि मैले एकीकृत नेकपा माओवादी सम्पूर्ण दायित्व, जिम्मेवारी र साधारण सदस्यता परित्याग गरेको घोषणा गर्दछु ।’ भट्टराईले आगामी योजनाबारे भने, ‘बाहिर रहेका, कुनै पनि पार्टीमा नरहेकासँग सल्लाह गरेर कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने सल्लाह गरेर जाने योजना बनाएको छु ।’
Baburam Bhattarai-4-24उनले आफ्नो पाँच प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डताप्रति प्रतिवद्ध रहने उनको प्रतिवद्धता छ । समावेशी र समानुपातिक लोकतन्त्र, समवृद्धि, सामाजिक न्याय र सदाचार उनका अन्य प्रतिवद्धता छन् ।
भट्टराईले गोरखा क्षेत्र नं. ३ को संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका छन् ।  भट्टराईले पार्टी परित्यागको घोषणा गर्दा माओवादीका उपल्लोस्तरका कुनै पनि नेता थिएनन् ।
भट्टराईको पार्टी परित्यागको घोषणासँगै उनले बनाउने भनेको नयाँ शक्ति सफल होला हो असफल भन्ने जिज्ञासा सर्वत्र चुलिएको छ । मेरो बुझाईमा बाबुरामले जुन र जस्तो परिस्थितिमा पार्टी परित्यागको घोषणा त्यसले उनलाई सफल हुन दिदैन । निम्न यी ६ कुराले बाबुरामको नयाँ शक्ति सफल नहुने सम्भावना छ ।
१) यस्तो संवेदनशिल अवस्थामाआएर बाबुरामले  पार्टी परित्याग गरे जुन बेला भारतले नेपाल विरुद्ध नाका बन्दि गरेको छ र उनी यस विरुद्ध एक शब्द पनि बोल्दैनन् । यसले गर्दा उनको प्रसंसा गर्ने पाहाडको लगभग सबै जमात उनी अराष्ट्रिय व्यक्ति हुन भन्ने बुझ्न बाध्य छ । यसले उनको नयाँ शक्तिको योजनामा ठुलो क्षति पुग्न सक्छ ।
२) मधेशबाट समर्थन पाउने उनको आशा छ  । तर, यो पनि सफल हुने देखिदैन किन भने जुन संविधानको मधेशीले विरोध गरिरहेका छन त्यही  संविधान निर्मानमा महत्वपूर्ण योदान गर्ने देखि हस्ताक्षेर गरेर लागु गर्नेबेला सम्म उनको साथ छ । त्यसकारण मधेशले उनलाई अरु पहाडे नेता भन्दा फरक ठान्दैन् ।  मधेशले आफ्नो सच्चा नेता भट्टराईलाई मान्न कठिन । यदि मानि हाले पनि मधेशको शक्तिले मात्र नयाँ शक्ति बन्दैन ।
३) जो नयाँ शक्ति चाही रहेका युवाको जमात थियो उ अहिले नै त्यसको लागि तयार छैन् । किन भने नयाँ संविधान जारी भए पछि अझै पनि केही समय देशले ठुला पार्टीलाई नै परीक्षण गर्न चाहेको छ ।
४) बाबुरामको नयाँ शक्ति  युवा जमातमा निर्भर हो । ठुला पार्टीमा रहेका युवा नेता बाबुराम जसरी पार्टी छोडेर आउने सम्भावना छैन । उनीहरु आफ्नै पार्टी भित्रबाट पुरानो पुस्तालाई विस्थापित गरेर आफु स्थापित हुने प्रयत्न गर्ने छन् ।
५) बाबुरामको नयाँ शक्तिको अर्को मुख्य आधार बुद्धिजीवी बर्ग पनि हो । केही उनको पक्षमा पनि छन् । तर, ती बुद्धिजीवीले इन्टरनेटर र मिडियामा जती नयाँ शक्तिको चर्चा गरे पनि फिल्डमा उत्रिने सम्भाना कम छ ।  बाबुराम स्वयम पनि जीवनको उत्तराद्ध कालमा आईपुगेका छन । त्यसकारण उनी पनि लामो समय सम्म त्यति सक्रिय भएर फिल्टमा खट्न सक्ने सम्भावना छैन् ।
६ ) कुनै पनि राजनीतिक शक्तिको जतिसुकै राम्रो बिचार भए पनि त्यसलाई कार्यन्वयन गर्न टिम चाहिन्छ । अहिलेसम्म बाबुरामको टिम खासै छैन् । उनले पार्टी परित्यागको घोषणा गर्दा पनि एक्लै गरे । एमाओवादी भित्र उनी पक्षधर भनिएका बाबुरामको पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा देखिएनन् । अब उनीहरुले बाबुरामले झै एमाओवादी परित्याग गरि बाहिर आउँछन कि आउँदैनन् त्यो यसै भन्न कठिन छ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger