Headlines News :
Home » » हिन्दी टिभीको प्रसारण सुचारु गर्न सञ्चारमन्त्रीको निर्देशन , २४ घण्टे अल्टिमेटम

हिन्दी टिभीको प्रसारण सुचारु गर्न सञ्चारमन्त्रीको निर्देशन , २४ घण्टे अल्टिमेटम

Written By kantipur on Tuesday, September 29, 2015 | 7:19 AM

 काटमाडौं । सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरुको बन्द तत्काल सुचारु गर्न निर्देशन दिनुभएको छ । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलवारदेखि केवल टिभी सञ्चालकहरुले भारतीय टिभी च्यानलहरुको प्रसारण बन्द गरेका थिए । मंगलवार आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता मन्त्री रिजालले हिन्दी च्यानलहरुको प्रसारण बन्द गरेर जारी समस्याको समाधान नहुने बताउँदै रोकिएका हिन्दी च्यानलहरुको प्रसारण सुचारु गर्न २४ घण्टे अल्टिमेटम दिनुभएको हो । समस्या समाधानका लागि कुटनीतिक पहल भैरहेकोले सबैले आवश्यक वातावरण बनाउँन सहयोग गर्न उहाँले केवल टिभी सञ्चालकहरुलाई आग्रह गर्नुभयो । सोमवारदेखि नै सिनेमा हलहरुले पनि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger