Headlines News :
Home » » हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन

हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन

Written By kantipur on Friday, September 4, 2015 | 11:35 PM

 गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ ।

आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो ।

‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन्,’ गृहका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’

आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको हो । ‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’

गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे । तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको छ । तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो ।

तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ । पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो ।

संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger