
|
अजरबैजानको दक्षिणपश्चिमी भागमा शुक्रबार बिहान ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । यस भूकम्पबाट हालसम्म मानवीय हताहत र क्षतिको कुनै विवरण भने प्राप्त नभएको जनाइएको छ । सो भूकम्प स्थानीय समायाअनुसार शुक्रबार बिहान ९ः४५ गएको बताइएको छ ।
सो भूकम्पबाट राजधानी बाकूबाट ३२५ किलोमिटर टाढा रहेको सिकी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु सिकी सहरबाट २९ किलोमिटर टाढा १३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । सो भूकम्पको कम्पन देशको दोस्रो ठूलो सहर गन्जामा समेत महसुश गरिएको जनाइएको छ ।

|
Post a Comment