Friday, September 11, 2015

'आफ्नै बुद्धिले सुकुम्बासी बने, अब सुध्रिन्छु' : राजु परियार, पुरा पढ्नुहोस्:-

काठमाडौं, भदौ २४ । कुनै समय थियो राजु परियार र लोक दोहोरी गीत पर्यायवाची जस्तै थिए । तर एकाएक समय फेरीयो । दोहोरी उही ठाउँमा रह्यो राजु सडकमा पुगे । कारण अरु केही होइन राजु आफै त्यो अवस्था सृजीत गर्ने कारक आफुलाई मान्छन् ।
भन्छन् ‘म दिनमा डेढ लाख सम्म कमाउँथे । अगाडी पछाडीको कुरा नर्हेदा र नसोच्दा आजको अवस्था सृजीत भयो । तर अब म फेरीएको छु । त्यसैले विदेशबाट फर्किएको हुँ ।’ ‘सुध्रिन चाहान्छु र दर्शकको फेरी पनि प्रिय गायक राजु परियार नै बन्न चाहान्छु’ उनले भने । आधा दशक भन्दा बढी समय भुमीगत रहे राजु ।
राजुले नितान्त व्यत्तिगत कारणले यस्तो भएको र अब त्यो नदोहोरीने प्रतिबद्धता जनाएका छन् । आफ्नो अतितलाई पुन स्मरण गर्दै राजुले भने ‘आफ्नै विबेक नहुँदा आज सुकुम्बासी जस्तो भएको छु । मसँग फुट्टो कौडी छैन, बैँक व्यालेन्सका त कुरै नगरौँ । घर, जग्गा त टाढाको कुरा । ‘ यसबिचमा मैले धेरै उतारचढाब भोगे ।
यसैबिच उनले हालसालै नयाँ तीजका गीतमा आवाज भरेका छन् । उनी यसै साता म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन प्रमाणपत्र थाम्न स्टेजमा उक्लिएको दृश्य देखियो । स्टेजमा राजु दुब्ला, ख्याउटे र मुखभरी कालोपोतोले भरीएको अवस्थामा देखिन्थे ।
- See more at: 

No comments:

Post a Comment