|
आश्विन १०, २०७२- लाजिम्पाटस्थित भारतीय दुतावासको पूर्वी ढोकाअघिको सडकमा आइतबार साँझ ‘गुन्द्रुक र ढिंडो’ पाक्यो । पकाइरहेका थिए, एमालेको भातृसंगठन अनेरास्वयुका नेता तथा कार्यकर्ताहरूले । अघोषित नाकाबन्दीको विरोधस्वरुप सडकमा पकाइएको यो गुन्द्रुक ढिंडोको थप विशेषता के थियो भने, यो दाउराले पकाइएको थियो ।
दूतावास अगाडि दाउरा बालेर गुन्द्रुक ढिंडो पकाउने कार्यक्रम आयोजना गरेको थियो अनेरास्वयु काठमाडौं क्षेत्र नम्बर ६ ले । पकाउनु साथै विद्यार्थीहरुले नाकाबन्दीको विरोधमा नारा पनि लगाए ।
सडकमा पाकेको गुन्द्रुक ढिंडो विद्यार्थीहरुले दूतावासको गेट नजिक गएर खाएका थिए । ‘हामी जंगलको गिठ्ठा, भ्याकुर खाएर बाँच्छौं तर राष्ट्रिय स्वभिमानमा झुक्दैनौं,’ अनेरास्वयूकी सचिव राधिका खतिवडाले भनिन् । कार्यक्रममा अनेरास्ववियुको केन्द्रिय समितिका अन्य पदाधिकारी पनि उपस्थित थिए । उनीहरुले यो कार्यक्रम सांकेतिक विरोध भएको र भारतीय पक्षलाई सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

Post a Comment