Tuesday, September 15, 2015

सुरुङ्गामा बम बिस्फोट, डीएसपीसहित ४ प्रहरी घाइते


मंगलबार भदौ २९ , २०७२
बिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गामा मंगलबार बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् ।
सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम पड्कँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका हुन् ।
घाइते मध्ये असइ यादवलाई गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनको दुबै हात खुट्टामा चोट लागेको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ  । 
- See more at: 

No comments:

Post a Comment