Headlines News :
Home » » यमनमा यूएई र बहराइनका ५० सैनिकको मृत्यु सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन भएको सरकारको भनाई

यमनमा यूएई र बहराइनका ५० सैनिकको मृत्यु सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन भएको सरकारको भनाई

Written By kantipur on Saturday, September 5, 2015 | 12:23 PM

यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स र बहराइनका कम्तीमा पनि ५० जना सैनिकको शुक्रबार विस्फोटनमा परी ज्यान गएको समाचारमा जनाइएको छ ।

मारिनेमा संयुक्त अरब एमिरेट्स (युएई) का ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् ।

यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्रबारलाई सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।


सैनिक पोष्टमा रहेका उनीहरुलाई विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका जनाइएको छ भने एउटा अर्काे समाचारअनुसार उक्त दुर्घटना भुलबस भएको पनि भनिएको छ ।

यमनी सरकारले उक्त दुर्घटन भुलबस हुन पुगेको भनेको छ । तर यमनमा सरकार विरुद्ध विद्रोह गरिरहेको हुथी विद्रोही समूहले भने आफ्ना लडाकूले ती सैनिकको हत्या गरेको जनाएका छन् ।

हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले रकेट प्रहार गरी सैनिकको हत्या गरेको जानकारी सार्वजनिक गरेको छ ।

युएइका युवराज शेख मोहमद बिन जायद अल नयनले यमनमा भएको अन्यायका विरुद्ध आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिक्रिया दिएका छन ।

युएइले पनि गएको वर्षदेखि यमनमा सुरु भएको विद्रोहीहरुका विरुद्धको युद्धमा सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व गरेको सैनिक कारबाहीमा उसको पनि सम्लग्नता रहेको छ । रासस/एएफपी
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger