Headlines News :
Home » » रणभूमि बन्यो नेपालन्ज नाका(फोटो फिचर)

रणभूमि बन्यो नेपालन्ज नाका(फोटो फिचर)

Written By kantipur on Sunday, September 27, 2015 | 9:31 AM

आश्विन ९, २०७२- संविधानप्रति असन्तुष्ट रहेका मधेसी दलका नेताहरु शनिबार आफ्ना कार्यकर्तासहित पश्चिमको प्रमुख नाका नेपालगन्ज सीमामा धर्ना बसे । आउजाउ बन्द हुने गरी धर्ना दिएपछि विवाद सुरु भयो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्न खोज्यो । तर, प्रदर्शनकारीहरु दशगजा तर्फ भागे । ढुंगामुढा नरोकिएपछि प्रहरीले पनि प्रदशर्नकारीले प्रहार गरेको ढुंगा, ईटा उनीहरु तर्फ प्रहार गर्‍यो ।
सीमामै प्रदर्शन गरिएकाले प्रहरीले टियर ग्यास प्रयोग गर्न पाएन । कारण- प्रदर्शनकारीलाई लक्षित गरी प्रहार गर्दा भारतीय भूमिमा पुग्न सक्थ्यो । सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीहरुले आफ्नो सीममा प्रवेश गरेका आन्दोलनकारीहरुलाई पारी नै रोक्ने प्रयास गरिरहेको देखिन्थे । दुई तर्फी ढुंगामुढामा परी प्रहरी र प्रदर्शनकारीहरु तर्फ एक दर्जन बढी घाईते भएका छन् । प्रदर्शन र झडपले नेपालगन्ज नाका दिनभर तनावग्रस्त बन्यो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger