Tuesday, September 29, 2015

भखरै नाकामा बम विस्फोट हुँदा ४७ जनाको मृत्यु ५२ जना घाइते बाकी बिबरण आउन बाकी पुरा पद्नुहोस

अफ्रिकी देश नाइजेरियाको नाकामा  भएको बम बिस्फोटनमा परी कम्तिमा ४७ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर पूर्वी बोर्नो प्रान्तको साबोनमा भएको बम बिस्फोटनमा अरु ५२ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार दिउँसोको समयमा साबोन नगरको पुशपक्षी बजारमा बम विस्फोटन भएको हो । नाइजेरियामा बिद्रोही संगठन बोको हराम सक्रिय छ । बोर्नो प्रान्त बोको हरामको आक्रमणको प्रमुख केन्द्र बन्दै आएको छ ।
गएको मे महिना यतामात्रै यस्तै खालका हिंशात्मक आक्रमणमा परी ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ । नाइजेरियामा हिंशात्मक गतिविधि गर्दै आएको बोको हरामले पछिल्लो समय क्यामरुन तथा चाडमा पनि आक्रमण गर्न थालेको छ ।

No comments:

Post a Comment