Friday, September 11, 2015

सेना परिचालन फिर्ता गर : मानवअधिकार आयोग

 राष्ट्रिय मानवअधिकार आयोगले तराईका विभिन्न जिल्ला सेना परिचालन गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

मानवअधिकार आयोगले शुक्रबार विज्ञप्ति निकालेर परिचालित सेना ब्यारेकमा फिर्ता बोलाएर वार्ताबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।

शान्ति सुरक्षा कायम गर्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाउने तथा दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्दा नागरिक थप त्रसित भएको भन्दै आयोगले सेना परिचालनको निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

देशका विभिन्न ठाउँमा लगातार भैरहेको बन्द, हडताल तथा आन्दोलनका कारण मर्कामा परेका नागरिक प्रशासनले सेना परिचालन गर्दा थप त्रसित भएको आयोगको भनाइ छ ।

आन्दोलनकारीका माग सम्बोधन गर्न सरकारले प्रभावकारी पहल गर्न नसक्दा नागरिक समस्या भोग्न बाध्य भएको आयोगको भनाइ छ ।

बन्द, हडताल तथा प्रदर्शन र सेना परिचालनले नागरिकका अधिकार हनन् भएकाले वार्ता र संवादबाट समस्याको समाधान खोज्न आयोगले दुवै पक्षसँग आग्रह गरेको छ ।

No comments:

Post a Comment