Wednesday, September 9, 2015

‪#‎Breaking‬: महोत्तरीमा प्रहरीको गोली लागी ४ जनाको मृत्यु, प्रदर्शनकारीबीच भागदौड

अपडेटः
महोत्तरी, भदौ २३ । महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बुधबार प्रहरीको गोली लागि तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–७ का रोहण चौधरी, जलेश्वर–१४ का  अमित कापर र महोत्तरी गाविस–५ का रामविवेक यादव छन् ।

गोली लागि घाइते भएका अर्का एकको अवस्था अचेतछ ।

गोली लागेर ८ जना र झडपकोक्रममा ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले जलेश्वर नगरक्षेत्रमा बुधबार दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय र जिल्ला न्यायाधीश निवासमा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो जलेश्वरको महेन्द्रचोकमा हजारौं प्रदर्शनकारी जम्मा भएका थिए । उनीहरुले जिल्ला प्रहरी कार्यालयतर्फ ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यास र गोली प्रहार गरेको थियो ।

सच्याइएको । यसअघि चारजनाको मृत्यु भएको भनिएकामा सच्याइएको छ–सम्पादक ।
- See more at: http://imagekhabar.com/samachar/detail/52120/29/.shtml#sthash.1jMMqTfj.pYt1UVum.dpuf

No comments:

Post a Comment