
|
गत भदौ ११ गतेबाट सफलतापुर्वक प्रर्दशन भइरहेको निखिल उप्रेती निर्देशित तथा अभिनित फिल्म ‘भैरव’ लाई महानायक राजेश हमालले हेरेका छन् ।
चारवर्षपछि फिल्म नगरीमा कमब्याक भएका निखिलको पहिलो निर्देशकिय फिल्म हेर्न महानायक हमाल बालाजु स्थित अष्टनारायण हल पुगेका थिए । फिल्म हेरेपछि महानायक हमालले भने ‘निखिलजी जसरि केहि समयको ग्यापपछी आउनु भएकाले सबैलाई कस्तो काम गर्नु भयो भन्ने लागेको थियो । मलाइ पनि यहि नै लाग्या हो तर आज फिल्म हेर्दा निकै खुशी लाग्यो । फिल्मले उठाएको विषयवस्तु निकै नै सान्दर्भिक छ । फिल्ममा गहन विषयवस्तुलाई पनि मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिनु राम्रो पक्ष हो । ’
फिल्ममा देशभक्त प्रहरीको कथा देखाइएको छ । फिल्मलाई अहिले मधेशमा भैरहेको आन्दोलनको कारण घोषित दंगाग्रस्त क्षेत्रमा नचलाउनु भन्दै सेन्सरबाट पीजी सर्टिफिकेट दिएको छ । के मधेशमा फिल्म चलाउन नहुने नै हो त ? यस जिज्ञाषामा हमालले भने ‘परिस्थिति हेरेर चलाउदा राम्रो किनकी यसमा प्रयोग भएका संवादले एकताको संदेश दिन्छ , त्यसैले यो फिल्मबाट हामीले सकारात्मक कुरा लिन सक्यौ भने अवश्य हामीले आत्मसात गर्न सक्छौ ।’ यो फिल्ममा निखिलसंगै अनु शाह , मुरलीधर , नगेन्द्र रिजाल , रविन सेन , जय किसन बस्नेत , रतन दरुवाला आदीले अभिनय गरेका छन् ।

|
Post a Comment