
|
अनिलदेब राई, दमक । यु १९ साफ च्याम्पियनमा भारतलाई ट्राईव्रेकरमा हराएपछि चर्चामा आएका नेपाली टिमका उपकप्तान अनन्त तामाङलाई झापाको झिलझिलेमा भव्य सम्मान गरिएको छ । साफ च्याम्पियनपछि सिनियर नेपाली राष्ट्रिय टोलीवाट भारत विरुद्ध भारतको पुणेमा खेलमा सहभागिता जनाएर घरपरिवार भेटघाटका क्रममा ग्रह क्षेत्र आईपुगेका तामाङ्लाई झिलझिलेमा भप्य सम्मान गरिएको हो ।
स्थानिय झिलझिले स्पोटिङ्ग क्ल्वको आयोजनामा आयोजित सम्मान कार्यक्रममा तामाङ सहित यु १९ का हेमन्त थापा मगर र रुपेश तामाङलाई शिवसतासी नगरपालिका परिक्रममा गराएका थिए । परिक्रममाको क्रममा दुधे, धरमपुर, डुडामारी र झिलझिलेमा स्थानियवासीले फुलमाला र अविर लगाएर सम्मान गरेका थिए । सम्मानको क्रममा दुधेमा नेकपा एमालेका नेता तथा नेपाल उद्योग व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष तथा पुर्वाञ्चल संयोजक एलपी शावाले खेलकुदको माध्यमद्धारा अनन्तले शिवसतासी र समग्र झापाको नाम उच्च राखेकोमा प्रशंषा व्यक्त गरे ।
यसैगरी धरमपुरमा पनि स्थानिय व्यवसायी, खेलक्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भप्य स्वागत तथा सम्मान गरेका थिए । सो सम्मान कार्यक्रममा धरमपुर साहित्य प्रतिष्ठानका नेत्र नेम्बाङले नेपाली फुटवलमा झापाको योगदान महत्वपुर्ण रहेको भन्दै अनन्त तामाङको आगामी खेलयात्रामा अझै धेरै प्रगतिको कामना गरेका थिए ।
झिलझिले स्पोटिङ् कल्वको अध्यक्ष भुवन श्रेष्ठले अनन्तले झिलझिलेको खेल मैदानवाट आफ्नो खेल जिवन शुरुवात गरेको बताए । उनले अनन्त बाल्यकालदेखी अनुशासित भएको बताउँदै समग्र खेल क्षेत्रमा अनुशासनको आवश्यक पर्नेमा जोड दिए । यता कल्वका सचिव भाग्य लिम्बुले बाल्यकालमा अनन्तलाई खेल मैदानभित्र प्रशिक्षण गराउने मौका पाएको बताए ।

|
Post a Comment