सन्जिब बगाले
काठमाडौं, भदौ २७ । संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संविधानसभाले सर्वसम्मत रुपमा ती
दुवै धारालाई संविधानको अंग बनोस भनी सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावलाई पारित गरेको हो ।
धारा ३ मा सभासदहरु विश्वेन्द्र पासवान,अनुराधा थापा,रामकुमार राईले पेश गरेको संशोधन संविधानभाले अस्वीकार गरेको हो ।
धारा ३ मा सभासदहरु विश्वेन्द्र पासवान,अनुराधा थापा,रामकुमार राईले पेश गरेको संशोधन संविधानभाले अस्वीकार गरेको हो ।
ती संशोधन अस्वीकृत भएपछि कांग्रेस,एमाले र एमाओवादीका तर्फबाट पेश गरेको संशोधन प्रस्ताव सभामुखले निर्णयार्थ पेश गरेका थिए ।
सो प्रस्ताव संविधानसभाको अत्यधिक बहुमतले पारित गरेपछि धारा तीन पनि संविधानको अंग बनेको छ ।
सो प्रस्ताव संविधानसभाको अत्यधिक बहुमतले पारित गरेपछि धारा तीन पनि संविधानको अंग बनेको छ ।
सो प्रस्ताव कांग्रेसका चीनकाजी श्रेष्ठ,एमालेका अग्नि खरेल र एमाओवादीका गिरिराजमणी पोखरेलले पेश गरेका थिए ।
- See more at:
No comments:
Post a Comment