Wednesday, September 16, 2015

भतिजीसँगको शारीरिक सम्पर्क पछि जन्मिएको बच्चाको हत्या - See more

काठमाडौं, भदौ ३० । नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हिराधन राईलाई पक्राउ गरेको छ । खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए । उनीहरुबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्क समेत भयो । गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए । युवतीले बच्चा जन्म दिईन । दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएको ती युवती काममा जान्थिन । आइतबार पनि बच्चा राइको जिम्मा लगाएर युवती काममा गइन । साँझ घर फर्कदा छोरा घाइते अवस्थामा देखेर राइलाई सोध्दा सुटकेशबाट लडेर घाइते भएको जवाफ दिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उपचारका लागि सिभिल अस्पताल लग्दा त्यसले वीरलाई रिफर गर्यो । उपचारकै क्रममा बालकको मृत्यु भयो । - See more at: 

No comments:

Post a Comment