Headlines News :
Home » » पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिएका छन् ।

Written By kantipur on Thursday, October 1, 2015 | 7:32 AM

NawaZ-Sarif
१४ असोज, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन चाहेको गुनासो पोखे ।
पाकिस्तानले आतंकवादसँग जुधिरहेको र दक्षिण एशियामा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नरत रहेको शरीफले बताए । तर, पाकिस्तानलाई संकटमा फसाउनमा भारत जिम्मेवार रहेको शरीफले आरोप लगाए ।
गरीबी र शस्त्रीकरण भारत र पाकिस्तानका साझा समस्या भएकाले तिनीहरुसँग मिलेर जुध्न आग्रह गर्दै प्रधानमन्त्री नवाजले आफ्नो छिमेकीलाई कुनै पनि प्रकारको बल प्रयोग गरेर वा बल प्रयोग गर्ने धम्की दिएर नतर्साउन भारतसँग आग्रह गरे ।
कस्मिरमा राष्ट्रसंघलाई निम्तो
पाकिस्तानी प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा एकपटक फेरि कश्मीर मुद्दा उठाएका छन् । भारतले सीमारेखामा संघर्षविराम उल्लंघन गरेको भन्दै शरीफले कश्मिरमा संयुक्त राष्ट्रसंघको अनुगमनकर्ता मागसमेत गरेका छन् ।
एक समय नेपालजस्तै स्वतन्त्र राष्ट्रका रुपमा रहेको कश्मिरलाई त्यहाँका हिन्दु राजाले हस्ताक्षर गरेर भारतलाई बुझाएपछि जम्मु-कश्मिर दशकौंदेखि हिंसाको शिकार बन्दै आएको छ । बहुसंख्यक कश्मिरी जनता भारतमा गाभिएको विरोधमा संघर्षरत छन् ।
Map-of-Kasmir
मुस्लिम बाहुल्य जनसंख्या रहेको कश्मिरलाई अल्पसंख्यक हिन्दु राजाले भारतमा गाभेको भन्दै मुस्लिम समुदायले स्वतन्त्रताका लागि संघर्ष गर्दै आएका छन्, जसलाई भारतले आतंकवादी क्रियाकलाप बताउने गरेको छ । पाकिस्तानले चाँहिे कश्मिरका जनतामाथि भारतले हिंसा लादेको आरोप लगाउने गरेको छ ।
कश्मिरको विषयमा त्यहाँका जनतालाई नै निर्णय लिन दिइनुपर्ने पाकिस्तानको माग छ ।
यसै क्रममा भारत-पाक सीमानामा सन् २००३ मा भएको युद्धविराम भारतीय पक्षले उल्लंघन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्र संघको ध्यानाकर्षण गराएका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्र संघमा सम्बोधन गर्दै भने-आज पनि सीमारेखामा संघषर् विराम उल्लंघन बढ्दै गएको छ, जसमा नागरिकहरुको मृत्यु पनि भइरहेको छ ।
प्रधानमन्त्री शरीफले सीमारेखामा संघर्ष विराममा उल्लंघन रोक्न राष्ट्र संघले निगरानी गर्न सुझाव दिएका छन् ।
राष्ट्रसंघको महासभालाई बुधबार सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले कश्मीर मुद्दा समाधान गर्न राष्ट्र संघ असफल भएको गुनासो गरे ।
सम्बोधनका क्रममा शरीफले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको सुधारमा पाकिस्तानले समर्थन जनाए पनि परिषदलाई अधीक ठूलो एवं क्लबजस्तो बनाउन नहुने बताए ।
कश्मिरबारे नवाजका चार प्रस्ताव
भारतसँगको पाकिस्तानको सम्वन्धमा लडाइको सट्टा सहयोग हुनुपर्ने उनले बताए । भारत र पाकिस्तानको बीचमा शान्ति सम्झौतालाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।
कश्मिरबारे पाकिमस्तानी प्रधानमन्त्रीले राष्ट्र संघसमक्ष चारवटा प्रस्ताव राखेका छन् ।
१. हामी भारत र पाकिस्तानवीच कश्मिरको नियन्त्रण रेखामा सन् २००३ मा भएको युद्धविरामसम्बन्धी समझदारीको सम्मान गर्दछौं । यो प्रयोजनका लागि हामी भारत र पाकिस्तानमा सैन्य पर्यवेक्षण ग्रुपको विस्तारका लागि आग्रह गर्दछौं ।
२. हामी प्रस्ताव गर्छौं कि कुनै पनि परिस्थितिमा बल प्रयोगको धम्कीको सहारा लिइनेछैन । यो संयुक्त राष्ट्र संघको बडापत्रको विपरीत कार्य हो ।
३. हाम्रो कदम कश्मिरलाई निशस्त्रीकरण गर्ने दिशामा जानुपर्छ ।
४. विश्वको सबैभन्दा उच्च युद्धभूमि शियाचिन ग्लेसियरबाट फिर्ता हुन हामी सहमत छौं ।
भारतले फर्कायो पाकिस्तानलाई जवाफ
पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रसंघमा कश्मिरको मुद्दा उठाएको केही घण्टामै भारतले राष्ट्र संघमा लिखित जवाफ बुझाएको छ ।
पाकिस्तानले राष्ट्र संघजस्तो उच्चस्तरीय फोरमको दुरुपयोग गरेर कश्मिरबारे भ्रम फैलाएको भारतको प्रतिक्रिया छ ।
पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्र संघमा कश्मिरको मुद्दा उठाएपछि भारत चिढिएको हो । भारतले कश्मिरको समस्यालाई दुई देशको मामिला भन्दै राष्ट्र संघमा यसलाई उठाउन नहुने अडान लिँदै आएको थियो ।
Pakistan-india-flagभारतले जवाफमा भनेको छ कि जम्मु कश्मिरको भारतीय राज्यमा भइरहेको घरेलु असन्तोष विश्वसमुदायसँग जोडिएको दायित्व होइन ।
भारतले पाकिस्तानी प्रधानमन्त्रीले लगाएको आरोपको खण्डन गरेको छ । संघर्ष विरामको सहमति अन्तरतरष्ट्रिय सीमामा भएको भारतले दाबी गरेको छ ।
पाकिस्तानले आफू आतंकवादको शिकार बनिरहेको बताएकोमा भारतले आपत्ति जनाउँदै ऊ आतंकवादको शिकार नभई आतंकवादको प्रजननकर्ता एवं प्रायोजनकर्ता रहेको आरोप लगाएको छ ।
जम्मु-कश्मिर विदेशीको कब्जामा छ भन्ने भन्ने पाकिस्तानी आरोपको खण्डन गर्दै भारतले भनेको छ- यसको ठेकेदार पाकिस्तान हो ।
संयुक्त राष्ट्र संघमो मञ्चमा भारत र पाकिस्तानवीच आपसी दन्तबझानका कारण दक्षिण एशियाका दुई आणविक राष्ट्रवीच तनाब अरु चुलिने संकेत देखिएका छन् ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger