Saturday, October 3, 2015

खुसीको खबर :=> नेपाल-चीन तातोपानी ’ट्रयाक’ खुल्यो

सिन्धुपाल्चोक, असोज १५ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अवरुद्ध बनेको तातोपानी नाकाको ट्रयाक खुलेको छ ।
तातोपानी भन्सारनजिकै भूकम्पपछि आएको पहिरोले अवरुद्व बनेको सडकको पहिरो हटाइएपछि शुक्रबार साँझदेखि एकतर्फी सवारी–साधन सन्चालनमा आएको हो ।
अहिले साना सवारी–साधनहरुलाई एकतर्फी रुपमा आवत–जावत गर्न दिइएको र दुई दिनभित्र सम्पूर्ण सडक खुलेर ठूला गाडीहरु सन्चालन हुने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभ्रद गिरीले जानकारी दिए ।
tatopani-sadak
भूकम्पपछि दुईपटकसम्म चिनियाँ टोलीले सडक खुलाउने प्रयास गरेपनि वर्षाका कारण सडक अवरुद्व भएको थियो । भारतले अघोषित नाकाबन्दी गरेर आपूर्ति असहज बनाएपछि तातोपानी नाका खुलाउन सरकारलाई दबाब परेको थियो ।
- See more at: 

No comments:

Post a Comment