Thursday, October 1, 2015

नेपालमाथि अत्याचार गरेका मोदीमाथि भारतीय कांग्रेसको प्रहार मोदीको नेपाल नीति असफल भएको भन्दै कांग्रेसले के के भन्यो पढ्नुस्!

भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेर दुःख दिइरहेको समयमा भारतको विपक्षी दल भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति असफल भएको टिप्पणी गरेको छ ।

विविसी हिन्दीको फिचरः नेपालीलाई मन नपर्ने भारतका ८ कुरा

मोदीको देखावटी ब्यवहारका कारण नेपाल नीति आंशिकरुपमा असफल भैसकेको र पूर्णरुपमा असफल हुने बाटोमा रहेको कांग्रेस प्रवक्ताको टिप्पणी उदृत गर्दृ द हिन्दु नामक अखबारले समाचार प्रकाशित गरेको छ ।


नेपालको संविधानलाई स्वागत नगरेर भारतले नाकाबन्दी लगाइरहेको समयमा विपक्षी दलको यस्तो भनाइ आएको हो ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

कांग्रेसका प्रवक्ता अभिशेक सिंघवीले कांग्रेसको शासनकालमा नेपालसँग न्यायो र रणनीतिक सम्बन्ध विकास भएको तर मोदीले त्यसलाई विगारेको आरोप लगाएको छ ।

नेपाल सँग सम्बन्ध सुधार गर्न पनि कांग्रेसले मोदीलाई सुझाव दिएको छ ।

No comments:

Post a Comment