काठमाडौं, २२ कात्तिक – गत वर्षको गाइजात्रामा सिताराम कट्टेल ‘धुर्मुस’ केपी शर्मा ओली बनेका थिए । धुर्मुसले गरेको आफ्नो नकल हेर्न एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठान पनि पुगेका थिए । आइतबार फेरि धुर्मुसले ओलीका अगाडि प्रस्तुति दिए । प्रधानमन्त्रीका रुपमा कार्यक्रममा पुगेका ओलीलाई धुर्मुसले यसपालि मुस्कान पासा बनेर उडाए । नेपालीले सुरु गरेको साजिक सञ्जाल सुगनडटकमको शुभारम्भ गर्न पुगेका ओलीलाई नेवार समुदायको पात्र बनेका सितारामले ‘ज्वाईं’ सम्वोधन गरे । नेवार पोशाकमा सजिएका मुस्कान पासाले हातमा कोट झुन्ड्याएर आएपछि सुन्तलीले सोधिन्– ‘किन चाहिँ नलगाएर किन हातमा लिएको ?’
No comments:
Post a Comment