नेपाली टिम सागका लागि परिपक्व
- बंगबन्धु गोल्डकप, सागमा नेपालका लागि वास्तवमै एउटा राम्रो तयारी बनेको छ ।
सजिलो समूहमा परेर पनि नेपाल पहिलो चरणमै साफ च्याम्पियनसिपबाट बाहिरियो । त्यसको दुई वर्षसम्म नेपालको राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने कुनै औपचारिक प्रतियोगिता थिएन । विश्वकप २०१८ तथा एसियाकप २०१९ को छनोटबाट पनि नेपाल भारतसँग पराजित हुँदै बाहिरिसकेको थियो ।
यस्तो स्थितिमा बंगलादेशमा बंगबन्धु गोल्डकप खेल्ने निणर्य नेपालका लागि सुझबुझपूर्ण रह्यो । किनभने, यही प्रतियोगिताबाट नेपालले आफ्नो २८ महिना लामो जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । अनौपचारिक भए पनि यसैबाट उपाधिको खडेरी मेट्यो ।
साफ च्याम्पियनसिपकै बेला भारतविरुद्घ गोल गरेर नेपालले गोलको खडेरी त तोड्यो । तर, बंगबन्धु गोल्डकपमा अझ बढी गोल गरेपछि यो टिमप्रति समर्थकहरूको फेरि आशा पलाएको छ भने आउँदो महिना भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिताका लागि एउटा राम्रो तयारी बनेको छ ।
फाइनलमा नेपालले बहराइनको अन्डर २३ टिमलाई ३–० गोलले हरायो । अन्डर २३ भए पनि बहराइन नेपालभन्दा हरेक कोणबाट राम्रो टिम हो । फिफा वरीयतामा पनि बहराइन नेपालभन्दा निकै माथि छ । घरेलु फुटबलको कुनै निश्चित ढाँचा नभएको नेपालको लिग उनीहरूको व्यावसायिक फुटबलसँग तुलना गर्न पनि मिल्दैन । यति हुँदाहुँदै पनि नेपालले फाइनलमा जुन स्तरको खेल खेल्यो, त्यो निकै सराहनीय छ । प्रतियोगितामा नेपाल फिफा वरीयतामा सबैभन्दा तलको टिम हो । तर, संयोग के भने वरीयतामा सबैभन्दा माथि रहेको टिमको अन्डर २३ टिमलाई नेपालले पाखा लगायो ।
फाइनल र सेमिफाइनलमा नेपालले राम्रो खेल्यो । विशेष गरी अग्रपंक्तिमा । गोल गर्न नसक्ने नेपालको परम्परागत कमजोरी यी खेलमा खासै देखिएनन् । नेपालका फरवर्ड निकै छरिता देखिए । फरवर्डमध्ये पनि नवयुग श्रेष्ठले उच्चस्तरको खेल खेले । सर्वाधिक चार गोल गरेका उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि भए । पाएको मौकामा क्षणभरमै प्रहार गर्न सक्ने क्षमता उनले देखाए । माल्दिभ्सविरुद्घ उनले गरेको ह्याट्रिक त्यसैको प्रमाण हो । त्यो खेलमा उनको दोस्रो गोलमा फिनिसिङ विश्वस्तरीय थियो । तर, फरवर्डलाइनमा नवयुगबाहेक अरूले अपेक्षा गरे अनुसारको अझै खेल खेल्न सकेका छैनन् ।
अन्जन विष्टको साफ च्याम्पियनसिपमा देखाएको जस्तो जुझारु खेल यहाँ देखिएन । निकै आश गरिएका अर्का स्ट्राइकर विमल घर्ती मगर पनि अझै परिपक्व भइसकेका छैनन् । अन्जनले जुझारु खेल्दा र नवयुगले गोल स्कोरिङको जिम्मा लिँदा विमल अझ तनावमुक्त भएर खेल्नुपर्ने हो । तर, अझै त्यो देख्न पाइएको छैन । तर, पोजिसनिङको उनमा राम्रो सेन्स देखिएको छ । श्रीलंका र बहराइनविरुद्घ सुरुआतमै गोल गर्दा उनी ठीक समयमा ठीक ठाउँमा थिए ।
यस्तो सेन्स यसअघिका स्ट्राइकरमा नदेखिएकै कारण नेपालले लामो समयसम्म गोल गर्न सकेको थिएन । श्रीलंकाविरुद्घ विमलकै गोलले नेपालको जितविहीन यात्रा पनि टुंग्यायो । र, फाइनलमा एक गोल र एक एसिस्ट पनि दिएर म्यान अफ द म्याच भए ।

मिडफिल्डमा विक्रम लामाले राम्रै खेलिरहेका छन् । विशेष गरी बल होल्ड गर्न र पासको तालमेल मिलाउन उनी सक्रिय देखिएका छन् । यो नेपाली टिमलाई भविष्यका लागि एउटा राम्रो संकेत हुन सक्छ । सेमिफाइनलमा उनले दुइटा एसिस्ट पनि दिए । तैपनि, नेपालको मिडफिल्ड त्यति चलायमान देखिँदैन । चामत्कारिक मिडफिल्ड नहुँदा हरेक खेलमा नेपाली फरवर्डहरूमा गोलको मौका आफैँ सिर्जना गर्नुपर्ने दबाब पनि रहन्छ । कहिलेकाहीँ मिडफिल्डकै तालमेल नमिल्दा डिफेन्डरहरूमा समेत बढी नै दबाब पर्न जान्छ ।
यस्तो स्थिति साफ च्याम्पियनसिपका खेलमा देखिएको थियो । मिडफिल्डमा विशाल राई र हेमन गुरुङको खेलमा बिस्तारै परिपक्वता आउँदै छ । चोटबाट मुक्त भएपछि जगजित श्रेष्ठको उपस्थितिले नेपालको मिडफिल्ड अझ मजबुत हुन सक्छ । अहिले ४–३–३ को फर्मेसनमा खेलिरहेको नेपालले जगजितको पुनरागमनलाई रणनीतिक हिसाबमा पनि प्रयोग गर्न सक्नुपर्छ ।
लेफ्टब्याकमा रविन श्रेष्ठलाई टक्कर दिने खेलाडी नेपालमा सायद छैनन् । साफ च्याम्पियनसिपमा नेपालले रविनको फुर्तिलो खेलसँगै उनको अनुभवलाई पनि मिस गर्यो । मौका छोपेर रविन ओभरल्यापमा गएर आक्रमणलाई सघाउन पनि सिपालु छन् । उनी चोटबाट फर्केपछि नेपालको डिफेन्स अझ मजबुत र अनुशासित भएको छ । उनको पुनरागमनले नेपालको डिफेन्समा अनुभव थपेको छ ।
लेफ्टब्याकमा रविन र राइटब्याकमा कप्तान विराजको उपस्थिति रुकी सेन्टरब्याकहरू अनन्त तामाङ र आदित्य चौधरीका लागि सिक्ने र हौसला दिने माध्यम बनेको छ । यी चार डिफेन्डर र युवा गोलकिपर विकेश कुथुको अनुशासित खेलले बंगलादेशमा प्रतियोगिताभर नेपालले आठ गोल गर्दा मात्र एक गोल खायो । यसको श्रेय गोलकिपर प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्वगोलरक्षक उपेन्द्रमान सिंहको ‘स्कुल अफ किपिङ’लाई जान्छ । प्रतियोगिताको नेपाल एक मात्र अपराजित टिम पनि हो ।
बंगबन्धु गोल्डकप, सागमा नेपालका लागि वास्तवमै एउटा राम्रो तयारी बनेको छ । पाँच महिनाअघि प्याट्रिक ओसेम्सले राष्ट्रिय टिम सम्हाल्दा गरेको मिहिनेतले अहिले प्रतिफल दिइरहेको छ । ओसेम्सले राष्ट्रिय टिममा मौका दिएका युवा खेलाडीले नै बंगलादेशमा खेले । अहिले नेपालको राष्ट्रिय टिम र अन्डर २३ मा खासै फरक छैन । सागका लागि पनि यो टिममा खासै परिवर्तन नगरिएला ।
आउँदो महिनाको फिफा वरीयतामा नेपाल केही स्थान माथि उक्लिन सक्छ । श्रीलंका, बंगलादेश र माल्दिभ्सविरुद्घको खेललाई फिफाले आधिकारिक खेलको मान्यता दिएका कारण वरीयता सुध्रिने आश गर्न सकिन्छ ।
अर्कातिर प्रशिक्षक बालगोपाल महर्जन नेपालका लागि राम्रो प्रशिक्षक भएको संकेत देखिएको छ । उमेर समूहमा उनको टिमले सधैँ राम्रो खेल्यो । यू–१९ साफ जित्दा पनि उनै प्रशिक्षक थिए । आउँदो सागमा नेपालको अन्डर २३ टिम पनि उनकै प्रशिक्षणमा रहेछ । राष्ट्रिय टिम लगातार असफल रहँदा उनको टिमले सधैँ फुटबलको साख जोगाएको छ । खेलमा उनले रामै्र रणनीति बुनिरहेका छन् । गएको साफ च्याम्पियनसिपमा जस्तै आउँदो सागमा पनि नेपालको समूहमा मात्र तीन टिम छन् । यस्तो सेमिफाइनल प्रवेश सहज हुन सक्छ । तर, सहज समूहमा परेर पनि नेपाल फेरि एकपटक पहिलो चरणबाटै नबाहिरियोस् ।

No comments:
Post a Comment