Headlines News :
Home » » भूमिगतकालमा पार्टीले मलाई मार्ने षडयन्त्र गरेको थियो : डा बाबुराम भट्टराई

भूमिगतकालमा पार्टीले मलाई मार्ने षडयन्त्र गरेको थियो : डा बाबुराम भट्टराई

Written By kantipur on Monday, October 5, 2015 | 1:07 AM

आश्विन १७, २०७२- पूर्वप्रधानमन्त्री  डा. बाबुराम भट्टराईले माओवादीको भूमिगतकालमा संविधानसभाको एजेण्डा पार्टीमा पारित गराउने प्रस्ताव गर्दा आफूलाई तत्कालीन पार्टी नेतृत्वले मार्ने सम्मको योजना बनाएको र संघर्षकै कारण बाँच्न सफल भएको दाबी गरेका छन् ।
नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राम भित्र आयोजित छलफल कार्यक्रमममा भट्टराईले उक्त खुलासा गरेका हुन् । पार्टी नेतृत्वले भूमिगतकालमा आफूलाई अनावश्यक लान्छाना लगाउँदै बन्दी बनाएको र बन्दी अवस्थामै सिध्याउने षडयन्त्र गरेको बताए ।
आफ्नै विरुद्ध भूमिगत र अनुशासित पार्टीले त्यस्तो गम्भीर षड्यन्त्र गर्दापनि देश र जनताको मुक्तिकालागि निरन्तर संघर्ष गरेको सुनाउँदै उनले ती संघर्ष सम्झँदा गर्व लाग्ने गरेको बताए ।
नेपालमा नेकपा एमाओवादीको सान्दर्भिकता अब सकिएको बताउँदै उनले देश नयाँ युगमा प्रवेश गरेकाले नयाँ सोच सहित मुलुकलाई वैज्ञानिक नेतृत्व गर्न सक्ने नेता आवश्यक रहेको जनाए ।
कुनै व्यक्तिको नाम उल्लेख नगरीकन उनले अगाडि भने, ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएकाले आफूले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।’
उनले अगाडि भने, 'संविधानसभाको मुद्दा विपी कोइरालाले पनि उति बेलै उठाउनु भएको थियो तर परिणाम दिन सक्नु भएन । त्यसपछि नेपालका धेरै कम्युनिष्ट पार्टीहरुले उठाए पार लागेन ।'
उनले २०५० सालपछि निरन्तररुपमा संविधानसभाको एजेण्डा जनता समक्ष लैजाने काम जोडदार रुपले गरेको बताए । '७२ सालमा संविधानसभाबाट संविधान जारी भैसकेपछि पुरानै सोचका साथ पार्टीमा बस्न उपयुक्त थिएन र मैले पार्टी छोडेँ,' उनले भने ।
उनले एमाओवादी पार्टी किन छोड्न पर्‍यो भनेर स्पष्ट पार्न जिल्ला दौडाहामा लागेको बताए ।
'तपाईंहरुलाई पनि यसले पार्टी किन छोड्यो भनेर पनि दिमाग खल्बलियो होला । त्यो स्वभाविक पनि हो,' उनले भने, 'म भारतपरस्त व्यक्ति होइन । मलाई संविधान जारी हुँदै गर्दा ( मेरो एजेण्डाले अन्तिम रुप पाउँदै गर्दा ) भारत परस्त भनेर पार्टीका ठूला नेताले घोक हाले । म भारत परस्त हुँदै होइन । अरु उपाए थिएन उनीहरुसँग । अनि मेरो खोइरो खन्न थाले । हुँदाहुँदा त 'रअ'को कार्यकारी नै बाबुराम हो भन्ने सम्मका निकृष्ठ बचन पनि पोखे ।'
'खराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो,' उनले भने ।
डा. बाबुराम आजै रुपन्देहीमा आयोजित कार्यक्रमका लागि भैरहवा गएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger