Headlines News :
Home » » इजरायलमा केयरगिभर कामदारमा जान इच्छुकलाई आवेदन खुल्ला - See more at:

इजरायलमा केयरगिभर कामदारमा जान इच्छुकलाई आवेदन खुल्ला - See more at:

Written By kantipur on Thursday, October 8, 2015 | 12:53 PM

baideshik-rojgarनेपाल सरकार र इजरायल सरकारबीच भएको पूर्व सहमति अनुरुप  ‘सरकारले सरकारलाई’ प्रक्रिया मार्फत नेपाली कामदारहरुलाई इजरायल पठाउन नेपाल सरकार बैदेशिक रोजगार विभागले इच्छुकहरुलाई आवेदनकोलागि आह्वान गरेको छ ।
वैदेशिक रोजगार विभागले आज एउटा सूचना प्रकाशित गर्दै इजरायल जान इच्छुक र योग्यता पुगेका नेपाली नागरिकलाई आवेदनकालागि आह्वान गरेको हो  ।  नेपाल र इजरायल सरकारबीच गत साउन २२ मा भएको द्विपक्षिय सम्झौता  बमोजिम दक्ष केयरगिभर कामदारहरुलाई पाइलट प्रोजेक्ट बमोजिम   ३०० जना  कामदार इजरायल ल्याउने सहमति अनुसार विभागले  यो सुचना जारी गरेको हो ।
नेपाल सरकार र इजरायल सरकारविच भएको सम्झौता अनुरुप केयर गिभर कामदारकोलागि योग्य इच्छुक कामदारले आवेदन दिन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार आगामी कार्तिक १५ गते तदानुसार १ नोभेम्बर २०१५ भित्रमा विभागमा आवेदक स्वयं उपस्थित भई दरखास्त दिनु पर्ने पनि जनाइएको छ । आवेदन फारम यहाँबाट  डाउनलोड गर्न सकिनेछ  
केयर गिभरको अन्तिम छनौट गर्ने सम्पूर्ण जिम्मेवारी Department of Foreign Employment (DOFE) / Population & Immigration Authority (PIBA) को मात्र हुने भएकोले कुनै पनि इजाजतपत्रवाला म्यान पावर एजेन्सी वा प्रतिनिधि तथा अन्य व्यक्तिसँग सम्पर्क तथा कारोबार नगर्नु हुन पनि विभागले सबैलाई सूचित गरेको छ । साथै छनौटको तरिका र प्रकृया पनि सोही निकायलाई मात्र जानकारी हुने भएकोले अन्यत्रको बहकाउमा नलाग्न पनि आग्रह गरेको छ ।
यो चरण अन्तर्गत प्रथम चरणमा सफलतापूर्वक छनौटमा परेका (अंग्रेजी भाषाको परीक्षामा उत्कृष्टता प्राप्त गरेका र २० घण्टाको व्यवहारिक तालिम सहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका व्यक्ति इजरायल जान पाउने पनि जनाइएको छ । विभागका अनुसार यो पटक ५० देखि ६० जना योग्य व्यक्ति (८० प्रतिशत महिला र २० प्रतिशत पुरुष) लाई परिक्षणको रुपमा इजरायल पठाइने छ ।
आवेन दिनकोलागि चाहिने पूर्व योग्यताहरु :
१. उमेर २५ बर्षदेखि ४५ बर्ष बित्र हुनुपर्नेछ ।
२. उचाई कम्तिमा १.४ मिटर (करिव ५ फिट ) हुनुपर्नेछ ।
३. तौल कम्तिमा ४५ केजी हुनुपर्नेछ ।
४. नेपाल सरकार श्रम तथा  रोजगार मन्त्रायल, वैदेशिक रोजगार प्रवद्धन बोर्डबाट मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयरगिभर तालिम वा मान्यता प्राप्त निकायबाट Practical Nursing सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
५. Intermediate Level को अंग्रेजी भाषाको ज्ञान र सिप हुनुपर्नेछ ।
६. कम्तिमा दश बर्षको विद्यालय स्तरको अध्ययन  (SLC PASSED) हुनुपर्नेछ ।
७. इजरायलमा यस अघि काम गरेको हुनु हुदैन ।
८. उमेदवारका पति/पत्नि, वावु/आमा, तथा बालबालिका इजरायलमा बसोबास गरेको हुन नहुने ।
९. शाररिक र मानसिक तवरले पूर्ण स्वस्थ भएको क्षयरोग, हेपाटाइटिस, सिप्लिस, एड्स जस्ता रोग नलागेको । नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
१०. परिस्थिति अनुसार कठिन कामको सामना गर्न र सामान्य गह्रौ बस्तु उठाउन, चलाउन योग्य हुनुहर्नेछ ।
११. प्रहरी प्रतिवेदन
१२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
१३. नेपाली राहदानी ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger