Headlines News :
Home » » सीमा बस्नेतको कलेज जाने धोको अधुरै भयो, वैद्यपत्नीलाई पनि फापेन एसएलसी

सीमा बस्नेतको कलेज जाने धोको अधुरै भयो, वैद्यपत्नीलाई पनि फापेन एसएलसी

Written By Video rezor on Friday, June 19, 2015 | 8:47 AM

४ असार, काठमाडौं । एसिड आक्रमणमा परेकी सीमा बस्नेतको धोको थियो, एसएलसी पास गरेर कलेज जाने र राजनीतिमा सहभागी हुने ।

तर, परीक्षाको तयारी गरिरहेका बेला उनीमाथि भएको एसिड आक्रमणको मानसिक प्रभावस्वरुप सीमाले यस वर्ष आफ्नो सपना पूरा गर्न पाइनन् । तैपनि आउँदो साउन २० गते नै पूरक परीक्षा हुने भएकाले सीमाको सपना साकार हुने सम्भावना अझै ज्युँदैछ ।
सीमा बस्नेतको एसएलसीको सिम्बोल नम्बर ०२९५४५९ ‘यू’ हो । नतिजा प्रकाशित भएपछि यो नम्बरमा सर्च गर्दा फेला पर्न सकेन ।

वैद्य पत्नी सुष्मा पनि अनुत्तीर्ण
मोहन वैद्य पत्नी सुषमा
मोहन वैद्य पत्नी सुषमा
माओवादी नेता मोहन वैद्यकी पत्नी सुष्मा वैद्यले पनि यस वर्ष नियमिततर्फ एसएलसी दिएकी थिइन् । तर, उनले पनि परीक्षा पार लगाउन सकिनन् ।
उमेरले ६८ वर्षको नेटो काटिसके पनि पढ्ने अभ्यास गरेर उदाहरणीय बनेकी वैद्य पत्नीको सिम्बोल नम्बर ०९००२७९ ‘सी’ हो । उनको नम्बर पनि उत्तीर्णको सूचीमा अटाउन सकेन ।source taja khabar
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger