Tuesday, September 29, 2015

नेपाल आयल निगमको भारतीय निगमलाई चेतावनी , ‘तेल भर्न किन रोकेको ?’-

काठमाडौं । नेपाललाई दिदैँ आएको पेट्रोलियम पदार्थ भारतले नदिएपछि नेपाल आयल निगमले भारतीय आयल निगमलाई पत्र पठाएको छ ।
निगमले आइतबार भारतीय आयल निगमलाई पत्र पठाएको हो । पत्रमा निगमले ४ वटा नाकामा १ सय ५१ वटा ट्यांकर किन लोड नगरेको भन्दै भारतीय आयल निगमसँग जवाफ मागिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
निगमले रक्सैल, भैरहवा, काँकडभिट्टा र सिलगुढी नाकाबाट पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । त्यस्तै निगमले २१७ वटा बुलेट ग्यास र १ सय ९४ वटा पेट्रोल र डिजेल लोड भएका ट्यांकर किन नपठाएको भन्दै उत्तर मागेको छ ।
Nepal Oil Negumइन्धन भर्न गएका ट्यांकरहरु एक सातादेखि थन्किएपछि चालक र सहचालकलाई खाना खान रकम सकिएको र असुरक्षा भएको भन्दै निगमले भारतीय आयल निगमको ध्यानाकर्षण गराएको छ ।
सामान्य अवस्थामा ३ सय ट्यांकर डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रिन्थ्यो । इन्धनको अभाव भएपछि निगमले त्यसको विकल्प खोज्न सरकारको ध्यानाकर्षण गरेको छ ।
बारम्बार सरकारको ध्यानाकर्षण गराउदाँ पनि कुनै जवाफ नआएको निगमले स्रोतले जानकारी दियो ।
- See more at: 

No comments:

Post a Comment