Tuesday, September 29, 2015

मोदीसँग मिलाएको हात धुन जुकरबर्गलाई ‘स्यानेटाइजर’

आश्विन १२, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका फेसबुकका संस्थापक मार्क जुकरबर्गले केही उपहार पाएका छन् । न्याय र उत्तरदायीत्वका लागि काम गर्ने एउटा संस्थाले उनलाई पठाएको उपहारमा केही थान हात धुने स्यानेटाइजरका बोतल छन् ।
जुकरबर्गलाई हात धुन अाग्रह गर्ने समूहको भनाई छ, ‘२००२ को दंगामा भएका मृत्युको जिम्मेवार मोदी हुन्, यसैले उनीसँग हात मिलाएपछि जुकरबर्गले हात धुनुपर्छ ।’

‘एलायन्स फर जस्टिस एन्ड एकाउन्टिविलिटी’ नामक संस्थाले भनेको छ, ‘गुजरात दंगाका लागि जिम्मेवार मानिससँग हात मिलाएकाले जुकरबर्गले हात सफा गर्नुपर्छ ।’ जुकरबर्गलाई पठाइएको स्यानेटाइजरका हरेक बोतलमा गुजराज दंगाका पीडितको नाम लेखिएको छ ।

No comments:

Post a Comment