Tuesday, September 22, 2015

राष्ट्रपति– प्रधानमन्त्री वार्ता ।

आश्विन ५, २०७२- प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी राजनीतिक अवस्था बारे छलफल गरेका छन् ।

बिहानै तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेपछि उनले राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपतिसँग मधेशमा जारी आन्दोलनबारे छलफल गरेपछि कोइराला अहिले एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई भेट्न उनको पार्टी कार्यालय सानेपा जाँदैछन् ।

No comments:

Post a Comment