Headlines News :
Home » » यस्ता महिलासँग भुलेर पनि सम्बन्ध नराख्नुस्!

यस्ता महिलासँग भुलेर पनि सम्बन्ध नराख्नुस्!

Written By kantipur on Tuesday, September 15, 2015 | 5:44 AM

पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन । यहाँ पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरुको बारेमा चर्चा गरिएको छ ।

पूर्व प्रेमिकाः
सके सम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाइँ र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।
मिल्ने साथीकी बहिनीः

आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाइँको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।
कुख्यात महिलाः

कुनै पनि महिला जसको विषयमा तपाइँले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।

धनी खोज्दै हिँड्ने केटीः

धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।
साथीकी पुर्व प्रेमिकाः

यदि तपाइँको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग नजिकिनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाइँको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger