Headlines News :
Home » » झापाको सुरुङ्गा प्रहरी चौकीमा बम विस्फोट तीन प्रहरी घाइते see more at:-

झापाको सुरुङ्गा प्रहरी चौकीमा बम विस्फोट तीन प्रहरी घाइते see more at:-

Written By kantipur on Tuesday, September 15, 2015 | 3:14 AM

झापा, २९ भदौ । झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट हुँदा तीन प्रहरी घाइते भएका छन् ।
कन्काई नगरपालिका वडा नम्बर(३ मा रहेको बत्तीसा चर्चमा बम भएको जानकारी स्थानीयले दिएपछि चर्चमा प्रहरी पुगेको थियो । चर्चमा राखिएको बम प्रहरी कार्यालयमा ल्याएर राखेको अवस्थामा विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका छन् ।
चर्चमा मंगलबार बिहान सकेट बम राखेको सूचना पाएपछि पुगेका प्रहरीले बिहान ६ बजे इलाका प्रहरी कार्यालय सुरुङ्गामा पुर्याएका थिए ।
प्रहरी कार्यालयको हातामा राखेको बम पड्किदा प्रहरी घाइते भएका हुन् । घाइते तीनै जनाको बीएन्डबी अस्पताल विर्तामोर्डमा उपचार भइरहेको छ ।
सोमबार राती  झापाका विभिन्न स्थानका दुई चर्चमा बम विस्फोट भएको थियो ।
बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको भए पनि बम राखिएको र विस्फोट भएका चर्चका छेउमा हिन्दूवादीका प्रचा भेटिएको प्रहरीले जनाएको छ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger