Headlines News :
Home » » वीरगञ्जमा तनाव: चार प्रदर्शनकारीको मृत्यु

वीरगञ्जमा तनाव: चार प्रदर्शनकारीको मृत्यु

Written By kantipur on Saturday, September 5, 2015 | 7:10 AM

मध्य तराईको वीरगञ्जमा भएको प्रदर्शनले मङ्गलबार हिंसात्मक रुप लिंदा चार जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।
सीमाङ्कन सहित भावी संविधानका विभिन्न प्रावधानको विरोधमा प्रदर्शनकारीहरु कर्फ्यु उल्लंघन गर्दै तोडफोडमा उत्रिएपछि बल प्रयोग गरेको प्रहरीले जनाएको छ।
अहिले वीरगंजलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ।
वीरगञ्जबाट प्रहरीको सुरक्षामा राजधानीतर्फ जाने मालबाहक ट्रक र ट्यांकरलाई अवरोध गरेपछि सोमबारदेखि हिंसा भड्किएको बताइएको छ।
अर्को जिल्ला बारामा पनि प्रहरीले चलाएको गोली लागी एक जना आन्दोलनकारी मारिएको जनकपुरस्थित हाम्रा सम्वाददाता बृजकुमार यादवले जनाएका छन्।

तनाव

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीहरुले घरेलु हतियार सहित आक्रमण गरेको भन्दै पर्साका प्रहरी प्रमुख दिवेस लोहनीले स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताए।
उनका अनुसार आन्दोलनकारीसंगको झडपमा पांच जना प्रहरी घाइते भएका छन्।
उनले भने,“आन्दोलनकारीको तर्फबाट गोली चलाइएपछि बाध्य भएर हामीले गोली चलाउनुपरेको हो, अझै तोडफोड जारी छ, स्थानीय प्रशासनले वीरगञ्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना खटाउने निर्णय गरेको छ।”
वीरगञ्जमा ३० जना र बाराको कलैयामा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ।
वीरगञ्जमा प्रदर्शनकारीहरुको तर्फबाट बम र गोली चलाइएको प्रहरीको भनाइ छ।
तर संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले प्रहरीको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरुलाई प्रहरीले टाउको र घाँटीमा ताकेर गोली प्रहार गरेको बताएका छन्।

झडप

बारा जिल्लाको कलैयामा भएको झडपमा प्रहरीतर्फ डीएसपी सहित सात जना घाइते भएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले जनाएका छन्।
त्यहां मंगलबार बिहानैदेखि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
जनकपुरमा मध्यान्हदेखि भानुचोकमा अबेर साँझसम्म झडप भएको छ।
एक जना प्रदर्शनकारीलाई गोली लागेको र अन्य नौ जना घाइते भएको बताइएको छ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पनि साँझ झडप भएको छ।
प्रहरी र प्रदर्शनकारी सहित आठ जना घाइते भएका छन्।
आठ दिन अघि रौतहटको गौरमा प्रहरीको गोली लागेर मृत्यु भएका राजकिशोर ठाकुरको शव मंगलबार परिवारजनले बुझेका छन्।
यसअघि थारुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको हिंसात्मक प्रदर्शनमा आठ प्रहरी र एक नाबालकको मृत्यु भएको थियो।
सीमांकनसहितको संविधानको मस्यौदा तयार पारिए यता तराईका विभिन्न जिल्लामा भएका प्रदर्शनमा झन्डै २० जनाले ज्यान गुमाइसकेका छन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger