Headlines News :
Home » » .भारतको कोठीमा बेचिएकी एक नेपाली चेलीको कथा: एक दिनमा ३० जनासँग यौनसम्पर्क राख्नुपर्थ्यो

.भारतको कोठीमा बेचिएकी एक नेपाली चेलीको कथा: एक दिनमा ३० जनासँग यौनसम्पर्क राख्नुपर्थ्यो

Written By kantipur on Saturday, September 5, 2015 | 6:24 AM

काठमाडौं, १९ भदौ । आज भन्दा करिब २० वर्ष पहिले सुनिता दौनवर नाम की महिलाले करिब पाँच महिनासम्म जून क्रूरता भोग्नुपर्‍यो त्यो संसारमै अकल्पनीय छ ।
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण बनेकी छिन् ।
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् ।
मुम्बई एक कोठाीमा बेचिएकी उनलाई पाँच महिनासम्म सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन प्यास मेटाउन बाध्य पारियो । रातमा उनलाई सुतेको भएपनि व्युझाएर ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा पनि राम्रोसँग सुत्न पाउँदैनथी ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार सुनिताले एक दिन वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा दलालहरु भूकम्प पीडित परिवारका महिला तथा युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् । तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली सुनिता यी पीडित परिवारका छोरीहरुका लागि एक आशाकी किरण बनेर काम गरिरहेकी छिन् ।
nepalसुनिता नेपालका ती युवती र महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा जुटेकी छिन् ।
यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ? उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए । त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन् ।
source:lumbinikhabar
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger