तनहुँ, २९ भदौ- तनहुँको दमौलीमा गत शुक्रबार प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि, प्रदर्शनकारीमाथी भएको दमनबारे अनुसन्धान गर्न एकजना प्रहरीलाई निलम्बन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले घटनाका बेला ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक सरोज नराललाई निलम्बित गरेको हो । तनहुँको मानुङ्गका १६ बर्षीय पूर्णबहादुर आलेको मृत्यु भएपछि केही दिनदेखि दमौलीमा जारी तनाव कम गर्न प्रहरीले आफ्ना कर्मचारीलाई निलम्वन नै गरेर अनुसन्धान थालेको हो । यस्तै, विभिन्न भागमा तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ९ जना युवालाई सार्वजनिक अपराध मुद्दा चलाएको छ । - See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment