Headlines News :
Home » » असोज ३ बेलुका पाँच बजे संविधानको घोषणा, विशेष समारोहको तयारी

असोज ३ बेलुका पाँच बजे संविधानको घोषणा, विशेष समारोहको तयारी

Written By kantipur on Monday, September 14, 2015 | 2:49 PM

काठमाडौं : नयाँ संविधानको घोषणा असोज ३ गते अपरान्ह पाँच बजे हुने भएको छ। संविधान घोषणाको दिन र समय निर्धारण गरेपछि घोषणा समारोहमा सहभागी हुनका लागि निम्ता दिन आजै बेलुका सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई शितलनिवास जाने तयारी भए पनि राष्ट्रपतिको व्यस्तताले गर्दा मंगलबार बिहान निम्ता प्रदान गर्नेगरी समय मिलाइएको छ।
 
सोमबार साँझ सात बजे समयमा लागि अनुरोध गरिए पनि आज नमिल्ने र मंगलबार बिहान समय मिलाउन सकिने सन्देश दिन लगाएर राष्ट्रपतिले असन्तुष्टी जनाएका छन्।संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष राष्ट्रिय समारोह गरेर संविधान घोषणा गर्ने तयारी छ। नयाँ संविधानको प्रमाणीकरण सभाध्यक्षले गर्ने व्यवस्था छ। संविधान घोषणा समारोहको व्यवस्थापनका लागि आन्तरिक गृहकार्य तथा तयारी संविधानसभा सचिवालयले सुरु गरिसकेको छ । विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने क्रम सुरु भइसकेको छ । त्यसदिन सार्वजनिक विदा दिएर घरघरमा दिपावली मनाउने निर्णय सरकारले गर्दैछ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger