Headlines News :
Home » » ५७ ओटा धारा पारित, मंगलबार बिहान १० बजेसम्मका लागि बैठक स्थगित -

५७ ओटा धारा पारित, मंगलबार बिहान १० बजेसम्मका लागि बैठक स्थगित -

Written By kantipur on Tuesday, September 15, 2015 | 6:27 AM

अपडेटः
काठमाडौं, भदौ २८ । संविधानसभामा नयाँ संविधानको परिमार्जित विधेयकमाथि दफावार मतदानकोक्रम जारी छ ।

सोमबार साँझसम्ममा नयाँ संविधानको धारा ५७  सम्म पारित गरिएको छ । सोमबार बिहान ११ बजे सुरु भएको बैठक दिउँसो १ बजे डेढघन्टाको लागि स्थगित भएको थियो भने त्यसपछि सुरु भएको बैठक पुनः साँझ ५ बजे केही समयका लागि स्थगितगरिएको थियो । त्यसपछि विभिन्न धाराहरु पारित गर्दै मंगलबार बिहान १० बजेसम्मका लागि सोमबार साँझ बैठक स्थगित गरिएको हो ।

मंगलबार बिहान १० बजे बस्ने बैठकमा पनि दफावार मतदान जारी रहने छ । मंगलबार दिनभरमा दफावार मतदान टुंग्याउने प्रयासमा संविधानसभाको सचिवालय लागेको छ ।

सोमबारको मतदानले धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग संविधानसभाको बहुमतले अस्वीकार गरेको छ । संविधान संशोधन विधेयकको धारा ४ मा धर्मनिरपेक्षताको व्यवस्था खारेज गर्न राप्रपा नेपालले गरेको संशोधन प्रस्ताव ध्वनी मतका आधारमा अस्वीकृत भएको हो ।

तर, उक्त धारामा ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने’ उल्लेख रहेको छ ।

यस्तै, धारा ८ मा राष्ट्रिय झन्डा परिवर्तनको प्रस्ताव अस्वीकृत गर्दै संविधानसभाले अहिलेकै राष्ट्रिय झन्डालाई कायम राख्ने गरी संविधानको परिमार्जित विधेयक पारित भएको छ ।

यस्तै, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे र राष्ट्रिय फूल लालीगुराँस रहने धारा पनि संविधानसभाबाट पारित भएको छ ।

यसैगरी, संविधानसभाले मृत्युदन्डसम्बन्धी कानुन बनाउन नपाइने व्यवस्था पारित गरेको छ भने पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक रहने व्यवस्थासमेत पारित गरेको छ ।

संविधानसभाले प्रेसमाथिको प्रतिबन्धात्मक वाक्यांशलाई यथावत् राखेर पारित गरेको छ ।

संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद् संविधान निर्माणकोअन्तिम प्रक्रियामा सहभागी छन् । यो कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत हो ।

मधेस केन्द्रित साना दलका ५८ सभासदले भने संविधानसभाको प्रारम्भिक मस्यौदा निर्माणको प्रक्रियादेखि नै संविधानसभा बहिस्कार गरिरहेका छन् । - See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger