Headlines News :
Home » » पिसाब पोल्ने समस्याको घरेलु समाधान यस्तो छ एक पल्ट अवस्य पढ्नुहोस यसले तपाई लाइ ठुलो मदत गर्ने छ | - See more at:

पिसाब पोल्ने समस्याको घरेलु समाधान यस्तो छ एक पल्ट अवस्य पढ्नुहोस यसले तपाई लाइ ठुलो मदत गर्ने छ | - See more at:

Written By kantipur on Tuesday, September 15, 2015 | 6:42 AM

पिसाब पोल्ने समस्याको घरेलु समाधान पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढि यो समस्या देखिने गरेको पाईन्छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ। कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ ।
urinary-tract-infections-s9-photo-of-origin-of-uti

पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः
मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि । पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।
-पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख गर्छौैँ:
-प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २(३ लिटर पानी पिउनु आवश्यक छ । सरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।
-अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ । -नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
-योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।
-यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ । -मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ । भिडियो हेर्न यहाँ तलको लिंक या बस्क्मा क्लिक गर्नुहोस =>>
- See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger