
|

आन्तरिक यात्रुका लागि दसैं लक्षित उडानलाई समस्या हुने छैन ।’ यादवले भने । उनले हाल भइरहेको आन्तरिक उडानको संख्या साविकभन्दा वृद्धि भए पनि जगेडा इन्धनले कम्तीमा पनि २५ दिन समस्या नहुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दसैं आसपासमा दैनिक आउने/जाने गरी ३ सय हाराहारी आन्तरिक उडान हुने गरेका छन् । यसपटक तराईमा भइरहेको बन्दका कारण उडान संख्या अघिल्लो वर्षको दाँजोमा बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन् । विनाशकारी भूकम्प र नाकाबन्दीको प्रभाव कायमै भएकाले अहिले २ सय हाराहारी आन्तरिक उडान भइरहेका छन् ।
यसैबीच मंगलबार १२ बजेपछि काठमाडौं उडान गर्ने अन्तर्राष्ट्रिय विमानहरूले कोलकाताबाट इन्धन आपूर्ति थालेका छन् । एयरलायन्स अपरेसन कमिटी नेपालका अध्यक्ष भरत श्रेष्ठका अनुसार मंगलबार मध्याह्नदेखि अन्तर्राष्ट्रिय उडानहरूले कोलकाताबाट इन्धन भरेर तथा काठमाडौंबाट फर्किंदा कोलकातबाट इन्धन लिई गन्तव्यतर्फ जान थालेका छन् । ‘हामीले नागरिक उड्यन प्राधिकरणको सिफारिसमा मंगलबार मस्कटका लागि उडान भर्ने ओमन एयर र चीनबाट आएको एउटा एयर एम्बुलेन्सलाई मात्रै इन्धन उपलब्ध गरायौं,’ विमानस्थलमा रहेको नेपाल आयल निगमको डिपो प्रमुख यादवले भने । उनका अनुसार ओमनलाई १२ सय लिटर र एयर एम्बुलेन्सलाई ११ सय लिटर इन्धन दिइएको थियो ।
विमानस्थलमा रहेको डिपोबाट सबैभन्दा धेरै इन्धन किन्नेमा युरोपबाट काठमाडौं आउने टर्किस विमान हो । यसले एउटा उडानमा ३० हजारदेखि ४० हजार लिटर इन्धन भर्छ । टर्किसपछि धेरै उडान भर्नेमा कोरियन एयर हो । यस्ले २५ हजार लिटर हाराहारी इन्धन खरिद गर्छ । सार्क क्षेत्र आपपासका क्षेत्रीय विमानहरूले १० हजारदेखि १५ हजार लिटर हाराहारी तेल भर्ने गरेका थिए । तर, मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरूले भारतको कोलकाता र दिल्लीबाट तेल भर्न टेक्निकल उडान गर्न थालेका छन् । डिपोले राष्ट्रिय ध्वजावाहकलाई पनि नेपाल बाहिरबाटै तेल भरेर आउन अनुरोध गरेको छ । ‘निगमलाई बाहिरबाटै तेल भनेर ल्याउन अनुरोध गरेका छौं, यसलाई इन्धन आपूर्ति रोकिहालेका छैनौं,’ डिपो प्रमुख यादवले भने । यता घरेलु विमान कम्पनीहरूले उडाउने जहाजहरूले एउटा उडानमा कम्तीमा ४ सय लिटरदेखि २५ सय लिटरसम्म इन्धन खपत गर्छन् । सबैभन्दा थोरै खपत गर्नेमा हेलिकप्टर पर्छ । यसले एउटा उडानका लागि ४ सय लिटरसम्म इन्धन खरिद गर्छ ।
नाकाबन्दी अघिको अवस्थामा विमानस्थलमा रहेको डिपोले आन्तरिक उडानलाई दैनिक ५० हजार लिटर इन्धन बिक्री गथ्र्यो भने अन्तर्राष्ट्रिय विमानहरूलाई दैनिक २ लाख ५० हजार लिटर इन्धन बिक्री गथ्र्यो । तर, मंगलबार अरू दिनजस्तो २ लाख ५० हजार लिटर इन्धन बिक्री गरेन । मंगलबारको तथ्यांकअनुसार १ लाख २० हजार लिटर हाराहारी बिक्री गरेको छ ।

|
Post a Comment