Headlines News :
Home » » सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी,पुरा पढ्नुहोस् :-

सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी,पुरा पढ्नुहोस् :-

Written By kantipur on Thursday, October 1, 2015 | 6:21 AM

काठमाडौ, १४ असोज । आन्तरिक उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ।भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयरलिफ्ट मार्फत् इन्धन खरिद गरेर ल्याउन सकिनेलगायतका तीन वटा उपाय सरकारलाई सुझाएका छन्। आजको कान्तिपुरमा खबर छापिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल( ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने सिफारिस गरेको छ। वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले मंगलबार गठन गरेको ७ सदस्यीय प्राविधिक समितिले यसलाई तत्काल गर्न सकिने पहिलो सुझाव भनेको छ। व्यापारिक प्रयोजनका लागि बनाईएको यो विमानले दुर्गम स्थानमा सैनिक कार्गो गर्छ। हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले उडाइरहेका छन्।
प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपुर्ती गर्न सकिने दोस्रो उपाय निकालेको छ। बैठकले दोस्रो विकल्पमा चीन र अमेरिकी सैनिक विमानबाट इन्धन बोक्न सकिने भनेको छ, बिहीबार सरकारलाई उपयुक्त उपाय सुझाउने छ,ु पर्यटन सहसचिव भने। उनका अनुसार भुकम्पका बेला नेपालमा सहायता लिएर आएका सैनिक विमान सी१७ ग्लोबमास्टर विमानले तेल आपुर्ती आचार्यले गर्न सक्छन्। लडाईमा बन्दोबस्ती लगायत कार्गो बोक्ने यो विमानले ७० हजार किलोग्रामसम्म कार्गो बोक्न सक्छ।
बैठकमा सरकारी अधिकारीहरुले युद्ध सामाग्री बोक्ने सैनिक विमानले ढाकादेखि हवाई इन्धन ल्याउनु परे ४० देखि ५० हजार लिटरसम्म तेल बोक्न सक्ने निष्कर्ष निकालेका छन्। ुहामीले अहिले सोचेको दोस्रो विकल्पका लागि चीन र अमेरिकी दूतावासलाई कुटनैतिक तहबाट अनुरोध गरे तत्काल आइलाग्ने समस्याका लागि उपाय हुन सक्छ, सहसचिव आचार्यले भने।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger