Headlines News :
Home » » मोदीले आज राति फेसबुकको मुख्यालयबाट लाइभ च्याट गर्दै । नेपालीले सोधे: नेपालमा भारतीय हस्तक्षेप किन?

मोदीले आज राति फेसबुकको मुख्यालयबाट लाइभ च्याट गर्दै । नेपालीले सोधे: नेपालमा भारतीय हस्तक्षेप किन?

Written By kantipur on Sunday, September 27, 2015 | 9:53 AM

आश्विन १०, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार विश्वमै धेरै मानिसले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित मुख्यालय भ्रमण गर्दै छन् । दुई साताअघि नै फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले मोदीले फेसबुकको मुख्यालय भ्रमण गर्ने र उक्त अवसरमा लाइभ भिडियो च्याट गर्ने जानकारी दिएका थिए ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन अमेरिका पुगेका मोदीले फेसबुकको मुख्यालय पनि भ्रमण गर्न लागेका हुन् । जुकरबर्गले फेसबुक प्रयोगकर्ताले मोदीलाई आफूले जान्न चाहेका प्रश्नहरु सोध्न आग्रह गरेका छन् । जुकरबर्गले आफ्नो स्ट्याटसको कमेन्टस्‌मा प्रश्नहरु सोध्न आग्रह गरेका छन् । मोदीले ती प्रश्नको जवाफ लाइभ च्याटमार्फत दिने बताइएको छ ।
मोदीले जुकरबर्गसँगै रहेर प्यासिफिक समय अनुसार बिहान साढे नौ बजे (नेपाली समयअनुसार राति सवा १० बजे) बाट लाइभ च्याट सुरु गर्नेछन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger