अफ्रिकी देश नाइजेरियाको नाकामा भएको बम बिस्फोटनमा परी कम्तिमा ४७ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर पूर्वी बोर्नो प्रान्तको साबोनमा भएको बम बिस्फोटनमा अरु ५२ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार दिउँसोको समयमा साबोन नगरको पुशपक्षी बजारमा बम विस्फोटन भएको हो । नाइजेरियामा बिद्रोही संगठन बोको हराम सक्रिय छ । बोर्नो प्रान्त बोको हरामको आक्रमणको प्रमुख केन्द्र बन्दै आएको छ ।गएको मे महिना यतामात्रै यस्तै खालका हिंशात्मक आक्रमणमा परी ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ । नाइजेरियामा हिंशात्मक गतिविधि गर्दै आएको बोको हरामले पछिल्लो समय क्यामरुन तथा चाडमा पनि आक्रमण गर्न थालेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment