|
काठमाडौं, भदौ ३० । नयाँ संविधानको परिमार्जित विधेयकमाथिको दफावार मतदान बुधबार सम्पन्न भएको छ । गत आइतबार सुरु भएको दफावार मतदान बुधबार चौथो दिन सम्पन्न भएको हो ।
संविधानको परिमार्जित विधेयकमा रहेका ३ सय २ ओटै धारा संविधानसभाबाट पारित भएका छन् ।

लाइभ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः
विधेयकका विभिन्न धारामा थुप्रै संशोधन परेपनि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले राखेका संशोधन प्रस्ताव मात्रै सभाबाट पारित भएका छन् । विधेयकका धाराहरु पारित गरेपछि प्रस्तावनामाथि परेका संशोधनहरुमा मतदान गरी प्रस्तावना पनि पारित गरिएको छ ।
बुधबारै मत विभाजनमार्फत् सिंगो संविधान पारित पारित गर्ने तयारी संविधानसभामा भएको छ । आगामी असोज ३ गते राष्ट्रपतिबाट घोषणा भएपछि नेपालको संविधान २०७२ लागू हुने छ ।
बुधबार पारित गरिएका धाराहरुमध्ये २ सय ३७ धारामा प्रमुख तीन दलले राखेको संवैधानिक अदालतको सट्टा सर्वोच्च अदालतको संवैधानिक इजलास रहने प्रावधान रहेको छ ।
यसैगरी, संविधान मस्यौदाको धारा २ सय ४६ मा परेको संशोधन फिर्ता भएपछि निर्वाचन आयोगले उपयुक्त समयमा घोषणा गरी निर्वाचन गराउन नपाउने भएको छ ।
निर्वाचन आयोगले यसअघिकै व्यवस्था बमोजिम सरकारको सिफारिसमा मात्र विभिन्न तहको आवधिक निर्वाचन गर्नुपर्ने छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुलाई संवैधानिक परिषद्ले शारीरिक वा मानसिक अस्वस्थताका कारण कार्यसम्पादन गर्न असमर्थ भएको ठहर गरेमा पदमुक्त गर्न सक्ने व्यवस्था संविधानले गरेको छ ।
संविधानको प्रस्तावित मस्यौदाको धारा २ सय ३८ को उपधारा ४ मा कांग्रेस, एमाले र एकीकृत माओवादीले दर्ता गराएको संशोधन प्रस्ताव संविधानसभाबाट पारित भएपछि संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेमा अख्तियारका पदाधिकारी पदमुक्त हुने भएका छन् ।
संविधानसभाले आगामी असोज ३ गते संविधान घोषणा गर्ने मिति तय गरिसकेको छ । संविधान विधेयकका ३०२ धारामध्ये मंगलबारसम्म १ सय ७६ ओटा धारा पारित भएका थिए ।

Post a Comment