काठमाडौं, भदौ ३० । नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हिराधन राईलाई पक्राउ गरेको छ । खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए । उनीहरुबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्क समेत भयो । गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए । युवतीले बच्चा जन्म दिईन । दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएको ती युवती काममा जान्थिन । आइतबार पनि बच्चा राइको जिम्मा लगाएर युवती काममा गइन । साँझ घर फर्कदा छोरा घाइते अवस्थामा देखेर राइलाई सोध्दा सुटकेशबाट लडेर घाइते भएको जवाफ दिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उपचारका लागि सिभिल अस्पताल लग्दा त्यसले वीरलाई रिफर गर्यो । उपचारकै क्रममा बालकको मृत्यु भयो । - See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment