Headlines News :
Home » » तराई आन्दोलनका लागि एउटै बैंकबाट मात्र तीन अर्ब आएको देखियो:लालबाबु पण्डित -

तराई आन्दोलनका लागि एउटै बैंकबाट मात्र तीन अर्ब आएको देखियो:लालबाबु पण्डित -

Written By kantipur on Monday, September 14, 2015 | 1:40 PM

सन्जिब शुभचिन्तक
नेकपा एमालेका नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेसका नाममा तराइमा भएको आन्दोलनलाई बिखण्डनकारी भएको आरोप लगाएका छन।बिदेशीको बुइ चढेर भएको आन्दोलन रास्ट्रबादी आन्दोलन हुन नसक्ने बताउदै मन्त्री पण्डितले आन्दोलनको गतिविधिले त्यो पुष्टि गरेको दाबी गरेका छन। ननस्टपसङ्ग कुरा गर्दै लालबाबुले केही मधेसी नेताहरु तराईको जनतालाइ भड्काएर आफ्नो अभिष्ट पूरा गर्न हात धोएर लागिपरेकाले जनताहरु सचेत बन्नुपर्ने बताए।तराईमा हाल देखिएको आन्दोलन राजनीतिक नभएको र यो पैसाको बलमा मन्चन भएको भीडमात्र भएको उनको तर्क थियो।जनताहरुलाइ एकातिर ५० लाखको लोभ देखाइयो भने अर्कोतिर जबर्जस्ति सहभागी गराउने काम भएको छ।जनता जगेपछि बिखण्डनकारीहरु आफै लखेटिने उनले जिकिर गरेका छन।एउटै बैंकबाट मात्र तीन अर्ब आन्दोलनका लागि भित्र्याइएको प्रमाण रहेको बताउदै पण्डितले आन्दोलनका लागि बिदेशबाट पचासौ अर्ब आएको दाबी गरे।पैसा सकिएपछि आन्दोलन आफै सकिने उनको भनाइ रहेको छ। मन्त्री पण्डितले मानवअधिकारबादीहरुमाथि पनि असन्तुष्टि प्रकट गरेकाछन।आन्दोलनमा प्रहरीले ज्यादती नगरेको जिकिर गर्दै उनले भने "ब्यक्तिगत स्वतन्त्रता राष्टिय स्वतन्त्रता मातहत हुन्छ।रास्ट्रभन्दा माथि ब्यक्ति नभएकोले तराइमा मानवअधिकारका कुरा बेतुकका कुरा हुन।" बार्ताबाट भाग्ने अनि बिदेशी मार्फत माग राख्ने मधेसबादी दलका हर्कतले राष्टिय स्वधिनताको धज्जी उडाएको उनले आरोप लगाएका छन।एक अर्को प्रसङ्गमा उनले भने "आज संविधान बन्छ।सन्तुष्ट नहुनेले संविधान जलाउन सक्छन तर देश जलाउने छुट कसैलाई हुनेछैन।राज्य मुकदर्शक भएर बस्दैन।" - - See more at: http://www.biswokhabar.com/2015/09/blog-post_480.html#sthash.HmNnCRRf.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger