Headlines News :
Home » » संविधान बहिस्कार गर्ने मधेसी सभासद् २७ मात्रै

संविधान बहिस्कार गर्ने मधेसी सभासद् २७ मात्रै

Written By kantipur on Saturday, September 19, 2015 | 12:07 PM

काठमाडौं– तराइ–मधेस केन्द्रित दलले संविधान निमार्ण प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै बहिस्कार गरे पनि २७ मधेसी समुदायका सभासद्ले मात्रै संविधानसभाको प्रक्रिया बहिस्कार गरेको तथ्यांकले देखाएको छ।
sambadhan_sabha.jpg
संविधान निमार्ण प्रक्रियामा ६७ जना मधेसी समुदायको सभासद्ले मतदान गरेको तथ्यांकले देखाए पनि बहिस्कार गर्नेमा भने जम्मा २७ मधेसी सभासद् मात्रै रहेको संविधानसभाको रेकर्डमा देखिएको छ। बहिस्कार गर्ने अन्य सभासद् भने बिभिन्न समुदायका छन्। एमाओवादीका प्रभु साह र एमालेकी राज्यलक्ष्मी गोल्छासहित २७ मधेसी समुदायका सभासद्ले बहिस्कार गरेका छन्। ६७ जना मधेसी समुदायका सभासद्ले मतदान प्रक्रियामा भाग उत्साहजनक रुपमा भाग लिएको संविधानसभाको तथ्यांकले देखाएको छ ।
उक्त तथ्यांकअनुसार ४२ थारु सभासद् मध्ये २९ सभासदले मतदान प्रक्रियामा सहभागी भएका छन् भने १३ सभासद्ले मात्रै प्रक्रिया बहिस्कार गरेका छन्। प्रक्रिया बहिस्कार गर्ने थारु सभासद्हरुमा बिजयकुमार गच्छदार, कल्पना चौधरी, जनकराज चौधरी, योगेन्द्र चौधरी, रामजनम चौधरी, सुमित्रा थरुनी, केदारनन्दन चौधरी, मिना चौधरी, रुक्मिणी चौधरी, गोपाल दहित र गंगा चौधरी छन् । तर, मतदान प्रक्रिया बहिस्कार गर्नेमा मधेसी र थारु सभासद् मात्रै छैनन् ।
अन्य समुदायका सभासदले पनि संविधानसभा प्रक्रिया बहिस्कार गरेका छन्। चार ब्राम्हण समुदायका सभासद्ले पनि प्रक्रिया बहिस्कार गरेका छन्, जसमा बाबुराम पोखरेल, सुबोध पोखरेल र गीता तिमिल्सना, छायाँदेव शर्मा पन्त छन्। बाँकी १ सय १५ सभासद् मतदानमा सहभागी भए । संविधानसभामा रहेका १७ मुस्लिम सभासद् मध्ये ३ जनाले मात्रै प्रक्रियामा भाग लिएनन् । यसरी भाग नलिने सभासद्मा अकवाल अहमद साह, मोहम्मद मुस्ताफा आलम र काशिम अलि सिद्धकी छन् । अन्य १४ मुस्लिम सभासद्ले भने मतदानमा सहभागी भए ।
संविधानसभाका ४० दलित सभासद् मध्ये ३८ सभासद्ले संविधानसभाको जारी प्रक्रियामा उत्साहजनक सहभागिता जनाएका छन् । बिश्वेन्द्र पासवान, डिबी नेपाली मात्रै मतदानमा सहभागी भएनन् । यसैगरी, १ सय २४ मध्ये गीता क्षेत्री (राणा)ले मात्रै मतदानमा सहभागी भइनन् । २० पिछडिएको समुदायका सभासद् मध्ये १ जना मतदानमा १२० आदिबासी/जनजाति सभासद् सहभागी भए पनि बहिस्कार गर्ने अशोक राई एक्ला देखिएका छन्।
तराइ मधेसका २२ जिल्लाका १ सय २० निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित मध्ये ११ सभासद् मात्रै प्रक्रियामा सहभागी भएनन् । गच्छदार (मोरङ), रामजनम (कैलाली), जनकराज (कैलाली), मुस्ताफ आलाम (रौतहट–२) उपेन्द्र यादव (मोरङ), महेन्द्रराय यादव (सर्लाही–३), बृजेशकुमार गुप्ता (कपिलबस्तु), अभिषेकप्रताप साह (कपिलबस्तु), जंगीलाल राय यादव (सलार्ही), कमलेश्वर पुरी गोश्वामी, सञ्जयकुमार साह (धनुषा–३, हाल जेलमा)बाहेक अन्य सबै ५० सभासद समानुपातिक हुन्। बहिस्कार गर्ने ६१ मध्ये राजेन्द्र महतो, सद्भावना पार्टीका ६ जना सभासद्ले भने संविधानसभाबाट राजिनामा दिइसकेका छन् भने बाँकी ५५ जना प्रक्रियामा सहभागी भए। साथै दशनामी समुदायका ६ सभासद्ले पनि मतदान प्रक्रियामा भाग लिएका छन्।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger