
|
एजेन्सी – क्यान्सर र एचआइभीविरुद्धको औषधीय गुण गाँजामा पाइएको दावी जर्मनीका अनुन्धानकर्मीहरुले गरेका छन् ।
कृत्रिमरुपमा तयार पारिएको गाँजाको आनुवांशिक तत्वमा अनुसन्धान गर्दा यस्तो नतिजा आएको हो । यो क्रममा वैज्ञानिकहरुले मानिसलाई संक्रमित पार्ने ‘यिस्ट’को एक प्रकार उत्पादन गरे । त्यो ‘यिस्ट’मा ‘साइकोएक्टिभ केमिकल’ पर्यो । यो केमिकल भनेको ‘टिएचसी’ थियो । ‘टिएचसी’ भनेको रोगविरुद्ध लड्ने तत्व हो ।
यो उपलब्धी चिकित्साविज्ञानमा क्यान्सर र एचआइभीका लागि एक ‘ब्रेक थु्र’ हुन सक्ने बैज्ञानिकहरुले आशा गरेका छन् । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डर्टमन्डले हालको ‘यिस्ट’लाई ‘टिएचसी’ उत्पादन गर्ने जनाएको छ ।
साइकोएक्टिम मोलिक्यूल उत्पादनका लागि गाँजा उत्तम वनस्पति भएको बैज्ञानिकहरुले ठहर गरेका छन् । सैद्धान्तिकरुपमा हालको यो उपलब्धीले करोडौ मानिसहरुको जीवन परिवर्तन हुने उनीहरुले बताएका छन् ।

|
Post a Comment