|
भाद्र २९, २०७२- लुम्बिनी करिडोरबाट मालवाहक ट्रक एस्कर्टिङ गर्ने क्रममा प्रहरी र बन्दकर्ता मधेशी मोर्चाबीचको झडपमा परी रुपन्देहीको बेथरीमा एक बालकको मृत्यु भएको छ । प्रहरी र बन्दकर्ता गरी एक दर्जन बढी घाइते भएका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद ढकालका अनुसार गोली लागेर स्थानीय ४ वर्षे बालक चन्दन कुमार पटेलको मृत्यु भएको हो । बन्दकर्ताहरु घरेलु हतियार र ढुंगा मुडा लिएर आक्रमणमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो । बन्दकर्ताले एस्कर्टिङ गएको प्रहरीका २ वटा गाडी र २ वटा मालबाहक ट्रकसमेत तोडफोड गरेका छन् । बन्दकर्ताहरुले ठाउँ ठाउँबाट ढुंगामुढा गरेपछि स्थिति साँझसम्म पनि नियन्त्रणमा नआएको रुपन्देही प्रहरी प्रमुख ढकालले बताए ।

Post a Comment