Headlines News :
Home » » भारतद्वारा संविधान निर्माण प्रक्रियाको स्वागत, पुरा पढ्नुहोस्>>>

भारतद्वारा संविधान निर्माण प्रक्रियाको स्वागत, पुरा पढ्नुहोस्>>>

Written By kantipur on Tuesday, September 15, 2015 | 6:55 AM

काठमाडौँ, २९ भदौ । भारतले नेपालको संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको उपलब्धिको स्वागत गरेको छ ।
भारतको विदेश मामिला मन्त्रालयले सोमबार राति अवेर जारी गरेको विज्ञप्तिमा संविधान निर्माण प्रक्रियाले भारतलाई खुसी तुल्याएकोे उल्लेख छ । साथै, नेपालका सबै क्षेत्र, वर्गका आवाजलाई संविधानमा समेटेर नेपाली नेतृत्व एक प्रगतिशील, आधुनिक र एकताबद्ध नेपाल निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।
‘भारतले सदैव नेपालको शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ । विगत दुई दशकयता भारत नेपालको हिंसा, अस्थिरता, आन्तरिक सङ्घर्ष र राजनीतिक कलहका नकारात्मक परिणामको साक्षी रहँदै आएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा राजनीतिक र प्राकृतिक जुनसुकै सङ्कट भएपनि भारत सरकार सधैँ नेपालको हित र समृद्धिको पक्षमा रहेको उल्लेख छ । नेपाली राजनीतिक नेतृत्वले आपसी संवाद र छलफलबाट संविधान मस्यौदा अघि बढाउन सफल भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
‘पछिल्ला केही वर्षयता देखिएका कैयौँ चुनौतीलाई नेपाली राजनीतिक नेतृत्वले विवेकपूर्ण र परिपक्व ढंगले समाधान गरेर दुई प्रमुख निर्वाचनमार्फत शान्ति प्रक्रियाका महत्वपूर्ण उपलब्धि समावेशी बहुदलीय लोकतन्त्र प्राप्त गर्न सफल भएको छ’, विज्ञप्तिमा जनाइएको छ ।
नेपालले शान्ति प्रक्रियामा उपलब्धि हासिल गरेकामा भारतले प्रशंसा गर्दै नेपालका विभिन्न भागमा जारी आन्दोलन र सङ्घर्षमा भारतको चासो र चिन्ता रहेको जनाएको छ । भारतले आन्दोलनमा नागरिक वा सरकारी अधिकारी जो सुकैको रगत बगे पनि ती सबै नेपाली नै रहेको उल्लेख गरेको छ । साथै भारतले शान्तिपूर्ण वातावरणमा संवाद तथा अधिकतम लचिलो भएर सबै दलका जायज मुद्दालाई सम्बोधन गर्न आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा नेपाली समाजका सबै क्षेत्र र समुदायले अपनत्व हुनेगरी बन्ने संविधानले मुलुकको शान्ति र समृद्धिको आधारशीला खडा गर्ने विश्वास गरिएको छ । सङ्कटको बेला राजनीनिक दलहरु, सङ्घसंस्था तथा बुद्धिजीवी सबैले परिपक्वता र दूरदृष्टि प्रदर्शन गर्ने उल्लेख गर्दै भारतले आधुनिक नेपाल निर्माणका लागि एउटा दिगो र लचिलो संविधान आवश्यक रहेकोमा जोड पनि दिएको छ ।
भारतले विज्ञप्तिमार्फत एक असल र घनिष्ठ छिमेकी राष्ट्रको रुपमा सौहार्दताका साथ नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र आर्थिक, सामाजिक विकासमा निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
रासस
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger