Headlines News :
Home » » प्रचण्ड, वैद्य र विप्लव माओवादीबीच एकता, संयुक्त मोर्चा बनाइयो – अब देशमा छुट्टै तरिकाले अघि बढ्ने - See more at:

प्रचण्ड, वैद्य र विप्लव माओवादीबीच एकता, संयुक्त मोर्चा बनाइयो – अब देशमा छुट्टै तरिकाले अघि बढ्ने - See more at:

Written By kantipur on Tuesday, September 15, 2015 | 6:52 AM

महेन्द्रनगर, २५ भदौ । कञ्चनपुरको कृष्णपुरमा तीन माओवादीले पार्टी एकीकरणको सन्देश दिदै संयुक्त माओवादी मोर्चाको गठन गरेका छन् । देशमा भएको दश बर्षे जनयुद्ध र विभिन्न आन्दोलनबाट स्थापित, देशको ठूलो राजनीतिक शक्तिका रुपमा रहेको एनेकपा माओवादी फुटेर चिरा चिरा भएको अवस्थामा कृष्णपुरमा भने एक भएका हुन् । शनिबार कृष्णपुर–१ मा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादीले एमाओवादीसँग एकता गर्दै अमर बुढाको अध्यक्षतामा संयुक्त माओवादी मोर्चाको गठन गरेका छन् ।
Capture
बुढा एमाओवादीका नेता हुन् । तीन वटै माओवादीको कृष्णपुरमा आयोजित भेलाले पार्टी फुटेर भन्दा जुटेर जाँदा आफ्ना सबै उपलब्धिहरु संस्थागत गर्न सकिने ठहर गर्दै संयुक्त माओवादी मोर्चाको गठन गरिएको नव गठित मोर्चाका अध्यक्ष अमर बुढाले बताउनुभयो ।
कृष्णपुर गाविसको सर्वदलीय सयन्त्रमा एमाओवादीका तर्फबाट प्रतिनिधी रहेका अर्जुन साउदको पहलमा फुटेका Arjun-saudमाओवादीहरुलाई एकीकरण गरि संयुक्त रुपमा आफ्नो कामहरु अघि बढाउन मोर्चा बनाइएको हो । ‘अब सबै फुटेका माओवादीहरु एक जुट भएर आफ्ना गुमेका उपलब्धी र सम्पूर्ण जनसरोकार बिषयको जनउत्थान गर्ने र यस क्षेत्रमा भैरहेका भ्रष्टाचार तथा अनिमियततालाई रोक्न संयुक्त रुपमा काम गर्नै छौ ।’ एमाओवादी नेता साउदले भन्नुभयो । साउदका अनुसार गाविसमा रहेका सबै फुटेर रहेका माओवादीहरुलाई संयुक्त मोर्चाको रुपमा एक ढिक्का बनाई सम्बन्धित निकायलाई खबरदारी गरिने छ । कृष्णपुर– १ मा ठूलो संख्यामा सहभागी रहेका माओवादी कार्यकर्ताहरुले पार्टी टुक्रिएर कमजोर भएको र आफ्ना मुद्दा र जनसरोकारका बिषयहरु ओझेलमा परेकाले सबै माओवादी पार्टी एक हुनुपर्ने सन्देशसहित आफूहरु अघि सरेको बताएका छन् । छिट्टै कृष्णपुरका सबै वडाहरुमा माओवादीहरुको संयुक्त मोर्चा बनाउने योजना रहेको नेता साउदले बताउनुभयो । स्थानीय स्तरमा राजनीतिक कामहरु गर्दा आफूहरु फुटेर कमजोर भएको र आफूहरुले उठाएका जनसरोकारका मुद्दाहरु अघि बढाउन नसकेकाले गाविसमा रहेका सबै माओवादीहरुलाई एक ठाउँमा ल्याई संयुक्त माओवादी मोर्चा मार्फत आफ्ना कामहरु अघि बढाईने कार्यक्रममा उपस्थित माओवादी कार्यकर्ताहरुले बताएका छन् ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger